Monday November 28, 2022

यो हप्ता बेलायतमा नेपालको पर्यटन प्रबर्धन भब्य।

२६ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1209


यो हप्ता बेलायतमा नेपालको पर्यटन प्रबर्धन भब्य।

शीतलपाटीन्युज डटकम।

लण्डन। एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको समाचार ब्यापक भाईरल प्रचार भैरहेकै समयमा बेलायतमा भने " "World Travel Market"को मेला लागेको छ। यो हप्ता मेलाले नेपाल पर्यटकिय देश हो भनेर पुष्टि गर्दै ExCEL London मा र नेपाली राजदुताबास लण्डनमा नेपाल सम्बन्धी बिवीध प्रस्तुती भए।

यसका साथै भर्खरै संयुक्त अधिराज्य बेलायतमा विश्वकै ठूलो पर्यटन मेला मानिने "वर्ल्ड ट्राभल मार्केट" मार्फत् नेपालको प्रवर्द्धन पनि गरिएको छ। नेपाल पर्यटन बोर्डको CEO डा धनञ्जय रेग्मीको नेतृत्वमा नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता रहेको मेलामा नेपाल एउटा पर्यटन गन्तव्य रहेको बारे सो WTM कार्यक्रम मार्फत विश्वभर प्रचार प्रसार गरिएको हो।

कोभिड-१९ महामारीपछि आयोजना गरिएको उक्त मार्टमा नेपालको सहभागिताले मुलुकको पर्यटन प्रवर्द्धनका साथै पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने पर्यटन बोर्डको भनाइ छ। मेलामा नेपालको स्टलको उद्घाटन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सहभागी कम्पनी मार्फत् नेपालमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। राजदूत आचार्यले नेपाल स्टलमा रहेको प्रत्येक सहभागी कम्पनीको निरीक्षण भ्रमण गर्नुका साथै सहभागी सबै कम्पनीलाई नेपालको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गर्नु भयो।

साथै सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनमा मेलाले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। मेलामा नेपाली व्यवसायीहरूले निजी क्षेत्रका पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले यसबाट नेपालको पर्यटन ब्यवसाय फेरी सही बाटोमा फर्काउन सहयोग पुग्ने बताउनुभयो।

सो मेलामा विश्वभरका सबै प्रकारका राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन सङ्गठन,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नागरिक उड्डयन प्राधिकरण,ट्राभल एजेन्ट,टूर अपरेटर,होटल व्यवसायी,ट्राभल टेक कम्पनी,यातायात अपरेटर,एयरलाइन्स,साहसिक खेलकुद कम्पनी सञ्चार माध्यम लगायतको सहभागिता थियो।

कार्यक्रमकै अवसरमा लण्डनस्थित नेपाली राजदूतावास र पर्यटन बोर्डले संयुक्तरूपमा कात्तिक २२ गते लण्डनस्थित नेपाली दूतावासमा नेपाल साँझ विशेष कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा बेलायती साहसिक पर्वतारोही सर क्रिस बोनिङटन र एलन हिङ्गसले नेपालमा आफुहरुको आरोहण तथा अनुभव स्मरण गर्दै सम्पूर्ण बेलायती जनतालाई जीवनभरको अनुभवका लागि नेपाल भ्रमण गर्न आह्वान गरेका थिए।

राजदूतावासको कार्यक्रममा बेलायती ट्राभल टूर अपरेटरहरु,बेलायती पर्वतारोहीहरु,बेलायतमा क्रियाशील नेपाली पत्रकार र सञ्चार माध्यम तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

डिपुटी चिफ अफ मिसन रोशन खनालले संचालन गर्नु भयको सो कार्यक्रममा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको पर्यटकिय सुन्दरका बारेमा प्रष्ट पार्नु भयको थियो भने नेपाल पर्यटन बोर्डका डाइरेक्टर डा धनञ्जय रेग्मीले पर्यटनका लागि रमाउने स्थानहरूको भिडियो प्रस्तुत गर्नु भयको थियो।

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, "Goodwill Ambassador of Lumbini का बिक्रम पाण्डेकाजी लगायत, बेलायतका लागि नेपाली पर्यटन दुत महन्त श्रेष्ठ समेत उपस्थित रहेको सो कार्यक्रम भब्य सम्पन्न भएको थियो।

(These breathtaking photos are from Kittiya Pawlowski, a US photographer and storyteller, as she follows snow leopards in the mountains above 5000m in the Mt. Everest region).

वहाँको कथा यहा हेर्न सकिने : https://kittiyapawlowski.com/snow-leopard-series

photo- Shiva Bhandari



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?