Sunday November 27, 2022

बेलायतको अल्डरसटमा रिमम्बरेन्स डे मनाईयो

२७ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1148


बेलायतको अल्डरसटमा रिमम्बरेन्स डे मनाईयो

शीतलपाटीन्युज डटकम।

लण्डन। ग्रेटर रसमुर नेपाली कम्युनिटीले यस वर्षको रिमेम्बरेन्स डे शनिबार मनाएको छ।

शनिबार बिहान १०ः४० बजेदेखि बिहान ११ः१० बजेसम्म अल्डरसटस्थित प्रिन्सेस गार्डेन कार प्रथम गोरखा भिसी कुलवीर थापाको शालिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो।

सो अवसरमा प्रथम गोरखा भिसी कुलवीर थापालगायत १४ भिसी अनि पहिलो तथा दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गर्ने पुर्खाहरुको सम्झनास्वरुप कार्यक्रम गरिएको थियो। कार्यक्रम संयोजक सल्लाहकार क्याप्टेन रिटायर्ड ग्यारी घलेले कार्यक्रम संचालन गरेका थिए भने सहसंयोजक मेजर रिटायर्ड खिम गौचनले इतिहासबारे जानकारी दिएका थिए। 

सो  रिमेम्बरेन्स डे मा २ मिनेट मौन धारणा गरिएको थियो। ततपश्चात ब्यागपाईपर धुन बजाइएको थियो भने लामा गुरुले मन्त्रपाठ गरेका थिए। त्यसपछि स्थानिय रसमुर काउन्सिलका मेयर जोन मार्स, काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु, जीआरएनसीका अध्यक्ष मन गुरुङ लगायतले भिसी कुलवीर थापाको प्रतिमामा पुष्पगुच्छा चढाएका थिए।

कार्यक्रम सफल बनाउन क्यूओजीएलआर,गोर्खा आमा समूह अल्डरसट,इम्पायर हल,विभिन्न नेपाली संघ संस्थाहरु,कार्यक्रम संयोजक ग्यारी घले,सह संयोजक खिम गौचन,डा.विशाल गुरुङ र श्याम श्रेष्ठ लगायतलाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?