Sunday November 27, 2022

नेपालीहरूको जीवन बारे यथार्थ प्रस्तुत चलचित्र "लक्का जवान" अल्डरसट युकेमा प्रदर्शन

२८ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1525


नेपालीहरूको जीवन बारे यथार्थ प्रस्तुत चलचित्र "लक्का जवान" अल्डरसट युकेमा प्रदर्शन

शीतलपाटीन्युज डटकम। 

लण्डन। नेपाल र नेपालीहरुको जीवन बारे यथार्थ चित्रण गरीयको "लक्का जवान" १३ नोभेम्बर २०२२ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको छ । 

एम्पायर हल अल्डरसटमा यो दोश्रो शो सम्पन्न भएको हो। पहिलो शो १२ नोभेम्बरमा हेरोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा चलचित्र लक्का जवानको प्रदर्शन भयको थियो। कलाकार,समाजसेवी,सफल व्यवसायी तथा बाल्टिमोर नेपाली समाजको पूर्व प्रिसिडेन्ट अनुशिया वन्त श्रेष्ठको उपस्थितिमा यो चलचित्र प्रदर्शन भएको हो।

निर्मात्री श्रेष्ठ पनि दर्शकसंगै बसेर चलचित्र हेरेकी थिइन्। दर्शकहरू सामाजिक कथालाई समावेश गरि बनाएको चलचित्र हेरेर दर्शक भाबुक पनि भएका थिए। यस पारिवारिक हास्य चलचित्र पुरै परिवारको साथ् हेरेर मनोरंजन लिनुहोला।

हाँस्य कलाकार शवहरू पौडेलको डेब्यु निर्देशनमा रहेको कमेडी चलचित्र "लक्का जवान" पाका उमेरका लक्का जवानहरूको कथावस्तु र बिषयमा बनेको चलचित्र हो। यसमा बहुजातीय समूहहरू बिचको आत्मिक भावना,प्रेम र अन्य रमाइला मिश्रित हास्यपूर्ण र मनोरन्जनपूर्ण कथाबस्तु समाबेस छन। यसमा सुपरहिट गीतहरु "मन त सधै लक्का जवान", "मुसुक्क हासन माया" रहेका छन।

चलचित्र ‘लक्का जवान’ मा किरण केसी,दीलिप रायमाझी,शिवहरि पौडेल,सुरेन्द्र केसी,बर्षा शीवाकोटी,प्रियंका कार्की,राजाराम पौडेल,सलोन बस्नेत लगायतको अभिनय रहेको छ। किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको यो चलचित्रको सह-निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुनुहुन्छ।

एम्पायर हल अल्डरसटमा आज भयको शो चलचित्र प्रस्तुति नेपाली फिल्म सोसाइटी युकेद्वारा आयोजना भएको कुरा सोसाइटीका अध्यक्ष जानकी पन्तले जनाउनु भएको छ भने केही ब्रृद आमाबाबाहरुका लागी एम्पायर हलका संचालक पुरन गिरीले सिट उपलब्ध गराउनु भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?