Sunday November 27, 2022

तमुधिं यूकेको १२औ कार्यसमिति चयनको निर्वाचन २६ डिसेम्बरमा हुदै

१ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1233


तमुधिं यूकेको १२औ कार्यसमिति चयनको निर्वाचन २६ डिसेम्बरमा हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन। तमुधिं यूकेको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ। आउँदो डिसेम्बर २६ तारिखका दिन तमुधिं भवन मिचेटमा हुने २१ औं साधारणासभा तथा १२ औं महाधिवेशनबाट १२ औं कार्यसमिति चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको हो। नयाँ कार्यसमितिको विभिन्न पदमा रहेर सेवा गर्न इच्छुक आजीवन सदस्यहरुलाई उम्मेदवारी दिन निर्वाचन समितिले अनुरोध समेत गरेको छ।

त्यस्तै साधारण सदस्यहरुले आगामी १० डिसेम्बर साँझ ५ बजेभित्र आ-आफ्नो सदस्यता नवीकरण गर्नुपर्ने जनाइएको छ। तालिकाअनुसार उम्मेदवारी मनोनयन पत्र दाखिला १७ डिसेम्बर ११:३० तोकिएको छ। अन्तिम नामावली प्रकाशन डिसेम्बर १८ रहेको छ भने मतदान २६ डिसेम्बर बिहान ११ बजे हुने निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङले जानकारी दिनु भएको छ। 

 

अध्यक्षका लागि उम्मेदवारी शुल्क २०० पाउन्ड,उपाध्यक्ष पदका लागि १५०,महासचिव लगायत अन्य पदाधिकारीहरुको शुल्क १०० पाउन्ड तोकिएको छ। त्यस्तै खेलकुद सचिवका लागि पनि १०० पाउन्ड रहेको छ भने सदस्यमा उम्मेदवारी दिनेले १० पाउन्ड शुल्क बुझाउन पर्ने नियम छ। 

तमुधिं यूकेको कार्यसमितिमा अध्यक्ष १,वरिष्ठ उपाध्यक्ष १,उपाध्यक्ष २,महासचिव १, सहसचिव १, कोषाध्यक्ष १,सहकोषाध्यक्ष १ पदाधिकारी रहने व्यवस्था छ। त्यस्तै खेलकुद सचिव,मिडिया सचिव, सांस्कृतिक सचिव,च्यारिटी विभाग,सम्पत्ति विभाग, युवा संयोजक र १३ जना कार्यकारी सदस्य रहने गरेको छ। त्यस्तै आमा समूहमा पनि अध्यक्ष १,उपाध्यक्ष ३, महासचिव १,सचिव १,कोषाध्यक्ष १,सहकोषाध्यक्ष १ पदाधिकारी र २३ सदस्य चयन गरिने विधानमा व्यवस्था छ।

(श्रोत गोर्खामिडिया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?