Sunday November 27, 2022

१२ औ सहारा युके च्यारिटि नाईट भब्य,गायक दिपक लिम्बुले नचाए

४ मंसिर, २०७९ शीतलपाटीन्युज 1216


१२ औ सहारा युके च्यारिटि नाईट भब्य,गायक दिपक लिम्बुले नचाए

शीतलपाटीन्युज डटकम।

लन्डन। सहारा यूकेले १२ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम भब्य सम्पन्न गरेको छ। शनिबार १९ नोभेम्बर २०२२ को बेलुका अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो। कार्यक्रममा अवार्ड वितरण,सांस्कृतिक प्रस्तुति र आर्थिक संकलन गरियको थियो।

सहारा युकेका अध्यक्ष कार्यक्रमका सभापति ले.रि.कुसाङ गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो च्यारिटि डिनर नाइटको प्रमुख अतिथि महामहिम राजदूत ज्ञानचन्द्र आचार्य रहनु भयको थियो। सहारा युकेका महासचिव मनोज गुरुङले संचालन गरेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम कार्यक्रम संयोजक कृष्ण गुरुङले स्वागत भाषण गर्नु भयको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतस्थित नेपाली युवा पुस्तालाई नेपालसंग जोड्न,खेलकुद विकास र च्यारिटी कार्यमा सहारा यूकेको निरन्तर सक्रियको लागी प्रशंसा गर्नु भयो। राजदूत आचार्यले बेलायत र नेपालबीच झण्डै २०७ वर्ष देखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न सहारा यूकेको खेलेको भूमिका सराहनीय कार्य रहेको बताउनु भयो। बेलायतका नेपालीलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्नेमा दूतावास सधै लागि रहेको र यो प्रयासमा सहारा यूकेले पनि काम गरिरहेकामा राजदूत आचार्यले खुसी व्यक्त गर्नु भयको थियो।

सिन्धुपाल्चोक,कास्की र गोरखामा विद्यालय निर्माण गरेको,पोखरामा असहाय बालबालिकालाई आर्थिक सहयोग गरेको,प्राकृतिक विपत्ति एवं कोभिड महामारीका बेला चन्दा सहयोग गरेको,आहा रारा कपमा सहयोग गरेको र सहभागिता जनाएको भन्दै सहारा यूकेका उल्लेखनीय कार्यको राजदूतले स्मरण गर्नु भयको थियो।

कार्यक्रमका सभापति तथा सहारा यूके अध्यक्ष ले. (रि.) कुसाङ गुरुङले अध्यक्षको आसनबाट सम्बोधन गर्दै सहारा यूकेले सन् २००८ मा स्थापना भएदेखि नै खेलकुद विकास, शिक्षा बिकास र च्यारिटी कार्यमा निरन्तर काम गरिरहेको उल्लेख गर्नु भयो। उहाले सहारा क्लव पोखरासंग आवद्धता,सहारा एकेडेमीमा आश्रित २८ अनाथ बालबालिकालाई आर्थिक सहयोग, आहा रारा गोल्ड कपमा निरन्तर सहभागिता तथा सहयोग,अल्डरसट टाउन फुटबल क्लवसंग १० हजार पाउण्ड सेयर खरिद जस्ता कयौं सामाजिक तथा खेलकुद गतिविधि गरि रहेको जनाउंदै अतिथीहरु, प्रायोजक,कलाकार,सयपत्री सांस्कृतिक समूह लगायत उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो।

हालसम्मको सहारा यूकेले गरेका गतिविधि सम्बन्धि वृत्तचित्र देखाइएको सो कार्यक्रममा नेपालबाट आएकी नायिका तथा कोरियोग्राफर जसु गुरुङले स्वागत नृत्य र पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बुले कयौं गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएका थिए। कार्यक्रममा नेपाल ताराका प्रथम गायक दिपक लिम्बुले च्यारिटि नाईटलाई भरिपूर्ण मनोरन्जन दिलायर उपस्थित पाहुनाहरूलाई नचायका थिय। बेलायतमा गठन भयको नेपाली कलाकेन्द्र सयपत्री सांस्कृतिक समूह यूकेका कलाकारले पनि आफ्नो नृत्यकला देखाएर कार्यक्रमलाई भब्यता प्रदान गरेका थिय। सपन इन्टरटेनमेन्टको साउण्ड रहेको सो सांस्कृतिक कार्यक्रम ध्रुव गौतमले सञ्चालन गरेका थिए।कार्यक्रममा कलाकार,सहयोगी,प्रायोजक,नयां सदस्यहरुलाई पनि सम्मान गरिएको थियो। सो अवसरमा तमुधिं यूके आमा समूहले एक लाख रुपैयां सहयोग प्रदान गर्नु भएको थियो।

यसैबीच,सहारा यूकेले "सहारा यूके अवार्ड र सहारा यूके स्पेशल अवार्ड २०२२" प्रदान गरेको थियो। "सहारा यूके अवार्ड २०२२" बाट व्यवसायी तथा समाजसेवी कमल गुरुङलाई सम्मान गरियको थियो भने तमुधिं यूके संस्थापक तथा समाजसेवी मिनप्रसाद गुरुङलाई "सहारा यूके स्पेशल अवार्ड २०२२" प्रदान गरियो। प्रमुख अतिथी राजदूत आचार्य र अध्यक्ष गुरुङले दुवैलाई दोसल्ला सहित अवार्ड प्रदान गरेका थिए। सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङले सम्मानित व्यक्तित्वको नाम घोषणा गर्दै उनीहरुको योगदानबारे जानकारी दिएका थिए। पूर्व अध्यक्षहरु मीनबहादुर गुरुङ, कुमार गुरुङ,दिलिप गुरुङ,सहारा फुटबल क्लब युके अध्यक्ष शारदा गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, महासचिव मनोज गुरुङ र वर्तमान अध्यक्ष कुसाङ गुरुङ संयोजक रहेको छनोट समितिले उक्त अवार्ड दिने निर्णय गरेको थियो।

यस्तैगरी लामो समय वेलायत बसेर बेलायतको समाजमा महत्वपूर्ण समाज सेबा गरे बापत बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक MBE बाट सम्मानित र बेलायतमा रहेर पनि नेपालको समाज सेवामा महत्वपूर्ण सेवा गरे बापत नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीबाट "समाजसेवा रत्न पदक" पाएका सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङलाई राजदूत आचार्य र अध्यक्ष गुरुङबाट बधाइ सहित विशेष सम्मान गरियको थियो। बेलायती नेपाली समाजमा फुटबलका छेत्रमा अग्रणी रुपमा रहेको सहारा युकेले यस बर्ष रेडिङ कप जित्न सफल भयको छ। सहारा एएफसी युकेका अध्यक्ष शारदा गुरुङ अध्यक्ष भयपछि फुटबललाई प्राथमिकता दीदै खेलाडिहरु छनौट गर्ने र प्रशिक्षणमा जोड दिनु भयको थियो।

सो कार्यक्रममा बेलायतस्थित कान्तिपुरका संवाददाता एवम एफएनजे युके पुर्ब अध्यक्ष नबिन पोखरेल,फोनिज युके अध्यक्ष गोमा राना,शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी,फोटो एवम लाईभ मीलन तमु गुरुङ र एस के गुरुङ समेत उपस्थित रहेको र भब्य सम्पन्न भयको थियो।

तस्विरहरुः मिलन तमु



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?