Sunday November 27, 2022

पर्बत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा अप्सरा गुरुङ निर्वाचित

५ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1262


पर्बत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा अप्सरा गुरुङ निर्वाचित

शीतलपाटीन्युज डटकम।

लन्डन। पर्बत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा अप्सरा गुरुङ निर्वाचित भएकी छन्। २० नोभेम्बर २०२२ आईतवार सम्पन्न सोसाईटीको ९ औँ अधिवेशनले गुरुङको अध्यक्षतामा २ वर्षका लागि नयाँ कार्यसमिति चयन भयको हो।

२०२२-०२४ का लागि नवगठित समितिको र वरिष्ठ उपाध्यक्षमा सुरज पौडेल,उपाध्यक्षहरुमा भरत पौड्याल,विक्रम मल्ल,महा सचिवमा सञ्जय भण्डारी, सचिवहरुमा भक्त राना,गगां क्षेत्री चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा भिमलाल भट्टराई,सह-कोषाध्यक्षमा ढाकाराम बस्याल,सदस्यहरुमा शान्ता गुरुङ,लिडिया गुरुङ, सुप्रिया गुरुङ,जीवन तिवारी,बिन्दु गुरुङ,निर्मला गुरुङ,मना गुरुङ,बिष्णु गुरुङ र हितमान गुरुङ चुनिएर आयका छन् ।

कार्यक्रममा वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ,निबर्तमान अध्यक्ष नेत्र आले,पूर्व अध्यक्ष दधि आचार्य,अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष एबम सल्लाहकार पुरन गिरी,सल्लाहकारहरु ज्ञाम गुरुङ,कुसाङ गुरुङ,हरि गुरुङ,जुम काजि गुरुङ,थर्क राना,यूबन गुरुङ,अन्तर्राष्ट्रिय पर्वत समाजका बरिष्ठ समाजसेवीले नवगठित कार्यसमितिलाई सस्थाको गरिमालाई उँचो बनाई राख्न आग्रह गर्दै कार्यसफलताको शुभकामना पनि दिएका थिए।

नब निर्बाचित अध्यक्ष अप्सरा गुरुङले बोल्दै पर्बत वेलफेयर सोसाइटी युके एक सशक्त सामाजिक संस्थाको रुपमा रहेको र यसले बेलायत मात्र नभई मातृभूमिलाई पनि उत्तिकै सहयोग गर्दै आएको बताईंन्। सन् २००२ मा स्थापित पर्बत वेलफेयर सोसाइटी यूके बेलायतको नेपाली समुदायमा सक्रिय संस्थाका रुपमा परिचित छ। समाजले विभिन्न समयमा च्यारिटीमूलक कार्य र मातृभूमिमा विभिन्न समस्या पर्दा सहयोग पनि गर्दै आएको छ।

अध्यक्ष नेत्र आलेको अध्यक्षतामा भयको सो निर्वाचनमा संयोजक हितकाजी गुरुड्ग र सदस्यहरुमा रि मे कृष्ण गुरुड्ग र थर्क राना रहनु भएको थियो। निवर्तमान अध्यक्ष नेत्र आलेले २०१८-२०२० र २०२०-२०२२ दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?