Sunday November 27, 2022

लन्डनस्थित नेपाली राजदूतावासद्वारा बेलायतको स्वीन्डनमा घुम्ती सेवा प्रदान

५ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1275


लन्डनस्थित नेपाली राजदूतावासद्वारा बेलायतको स्वीन्डनमा घुम्ती सेवा प्रदान

शीतलपाटीन्युज डटकम। 

लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले बेलायतको स्वीन्डनमा घुम्ती सेवा प्रदान गरेको छ। नेपलिज एसोसिएसन अफ वील्सायरको संयोजनमा दूतावासले शनिबार स्वीन्डनस्थित बकहर्स्ट कम्युनिटी सेन्टरमा कन्सुलर सेवा प्रदान गरेको हो।

राजदूतावासका द्वितीय सचिव रामबाबु नेपालको नेतृत्वमा सो सेवा प्रदान गरिएको थियो। सो अवसरमा ३० जनाको इ-राहदानी र तीन जनाको एनआरएनए कार्ड बनाइएको हो। बिहान १०:०० बजेदेखि सांझ १८:३० सम्म सेवा प्रदान गरिएको थियो।

एसोसिएसन अफ वील्सायरकका अध्यक्ष ज्ञान गुरुङले नेपाली राजदुताबास प्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस खालको सुविधा मिल्ने विश्वास व्यक्त गरेका थिय। एसोसिएसनले केही महिनाअघि पनि यस्तै घुम्ती सेवा व्यवस्थापन गरेर सेवा दिलायको थियो।।

वृद्धवृद्धा नेपालीलाई भाषा समस्या र लन्डनसम्म आउन जान गार्हो हुने भएकाले यो सुविधा मिलाइएको अध्यक्ष गुरुङले बताएका छन। एसोसिएसन अफ वील्सायरले हरेक शुक्रबार वृद्धवृद्धा बीच भेटघाटको अवसर जुटाएर उनीहरुलाई एकापसमा दुःख सुःख साटासाट गर्ने व्यवस्था समेत गरेको छ।

साभार -नेपालीलिंक।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?