५ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। गैर आबासिय नेपाली संघ बेलायतलको अध्यक्ष सुनिल बाबु खड्का अध्यक्ष रहेको संघको २० नोभेम्बर २०२२ मा मिडलैन्डमा बसेको बैठकले प्रबक्तामा शशांक शर्मा र महिला सचिबमा श्रीमती सपना खनियालाई नियुक्त गरेको समाचार छ। शर्मा यो कार्यसमितीमा सह-कोषाअध्यक्ष र श्रीमती खनिया कार्यसमिती सदस्यमा निर्वाचित भएका थिए।
कार्यसमितीको बैठकले गैरआबासिय नेपाली संघ बेलायतको आगामी कार्यहरुको योजना तय गरेको छ। जस अनुसार गैर आबासिय नेपालीहरुको नेपालमा रहेको सम्पतीको बारेमा परिवर्तित नेपाली कानुन र गैर आबासिय नेपालीहरुको हक र अधिकारको बारेमा जानकारी गराउने उद्देश्य राखी नेपाल बार एसोसियसनका अध्यक्ष र कानुनबिदहरुलाई बोलाई नोभेम्बर २७ मा जानकारी सभाको आयोजना गर्ने भयको छ। लन्डनको ह्यरोमा हुने यस कार्यक्रमको संयोजनको जिम्मा उपाअध्यक्ष नारायण दत्त कंडेललाई दिईएकोछ। त्यसै गरी गैर आबासिय नेपाली संघ बेलायतको सन्दर्भमा जनमानसमा पारिएको हल्ला र भ्रमको चिरफार गर्ने उध्द्धेष्यले एक सुसोचित कार्यक्रम पनि गरिने भयको छ।
बैठकले सबैभन्दा महत्वपुर्ण निर्णय नेपालमा एक मोबाइल ब्लड बैंकको लागी एम्बुलेन्स खरिद गर्न एक भब्य च्यारिटी सांझको आयोजना गरिने छ। अध्यक्ष सुनिल बाबु खड्काको संयोजनमा यो च्यारिटी सांझ गरिने छ। बैठकमा गैर आबासिय नेपाली संघका अन्तराष्ट्रिय उपसचिव रामशरण शिंम्खडाको पनि उपस्थित थियो।