Saturday January 28, 2023

ब्रिटेन नेपाल लयर्स एशोसिएसनमा नयाँ नेतृत्व, अध्यक्षमा सोलिसिटर दीपक भट्टराई

११ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1841


ब्रिटेन नेपाल लयर्स एशोसिएसनमा नयाँ नेतृत्व, अध्यक्षमा सोलिसिटर दीपक भट्टराई

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा क्रियाशिल नेपाली कानून व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल लयर्स एशोसिएसनले नयाँ नेतृत्व चुनेको छ। शनिबार सेन्ट्रल लन्डनस्थित सोआस युनिभर्सिटीमा सम्पन्न एशोसिएसनको चौंथो अधिवेसनले सोलिसिटर दीपक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

पुर्व डिएसपि शीवजी श्रेष्ठ निर्वाचन आयुक्त संयोजक रहनु भयको नयाँ समितिको निर्वाचनमा निर्बिरोध  भयको हो। सर्वसम्मतिद्वारा निर्वाचित कार्यसमितिमा उपाध्यक्ष उत्तरमान तिगेला,सचिव जिनिता पन्धक,सहसचिव प्रकाश पोखरेल,कोषाध्यक्ष सरिता मगर,सहकोषाध्यक्ष रोजन भण्डारी तथा सदस्यहरुमा बिष्णु बुढाथोकी र विपिन रेग्मी छनौट भएका छन्।

एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी महामहिम राजदूत ज्ञानचन्द्र आचार्य रहनु भयको थियो। झन्डै तीन दर्जन बेलायतस्थित नेपाली कानून व्यवसायी सहभागी रहेको सो कार्यक्रम निबर्तमान महासचिव अधिवक्ता अमृत खरेल र सचिव जिनिता पन्धकले सन्चालन गर्नु भयको थियो।  

नवनिर्वाचित अध्यक्ष भट्टराईको बेलायतमा झन्डै १४ बर्षदेखि कानून व्यवसायी पेशामा आवद्द रहेर अनुभब छ। उहाले बेलायतमा नेपाली कानून व्यवसायीहरुको संगठन,क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन गर्न आफु सधै लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयको छ। साथै उहाले बेलायत र नेपालको परिवर्तित कानूनबारे नियमित सेमिनार गर्ने,नयाँ सोलिसिटरहरुलाई सुझाव सल्लाह र आवश्यक सहयोग प्रदान गर्ने अठोट पनि व्यक्त गर्नु भयको छ। 

आजै आयोजित सेमिनारमा प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य,प्रा.डा.सूर्यप्रसाद सुवेदी,ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले बेलायत नेपाल सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्नु भयको र प्रश्नोत्तर समेत भयको थियो। प्रमुख अतिथी राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध,बेलायतले नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकास,न्यायिक प्रणाली सुधार र नेपालमा ब्रिटिश लगानीका सम्भाव्यता आदिबारे बता उनु भयको थियो भने गोर्खा मुद्दामा लामो अनुभव संगालेका ब्यारिस्टर राफेलले भूतपूर्व गोर्खा र उनीहरुलाई न्याय तथा मानवअधिकार सम्बन्धमा आफ्नो विचार राखेका थिए।  

प्रा.डा.सुवेदीले बेलायत नेपाल सम्बन्ध र विभिन्न सन्धि,बेलायतको प्रजातान्त्रिक मूल्य मान्यता तथा नेपालमा बेलायती लगानीका कानूनी पक्षबारे व्याख्या गर्नु भयको थियो। उपस्थित काउन्सीलरद्वय लछ्य गुरुङ र जीत रानाभाटले आआफ्नो जिज्ञासा राख्नु भयको थियो।

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिस्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेल जुममार्फत नेपालबाट जोडिएका थिए। घिमिरे र पोखरेलले गैर आवासीय नेपालीको दोहोरो नागरिकता, विदेशबाट ज्ञान र सीप हस्तान्तरण,वैदेशिक लगानी आदि पक्षबारे बोले ।  

नेपालीलिङ्कका सम्पादक नविन पोखरेल, शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी, सूर्योदय टिभीका प्रस्तोता देबी गौतम उपस्थित सो कार्यक्रममा सहभागीले यस खालको अन्तरक्रिया उपयोगी लागेको जनाउंदै निरन्तरतामा जोड दिइएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?