११ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल मगर संघ युके प्लमस्टिड शाखामा नयां नेतृत्व चयन भएको छ। २६ नोभेम्बर उलवीचको रोयल आर्टीलरी ब्यारेक्समा सम्पन्न भयको शाखाको अधिवेशनले दलप्रसाद थापा मगरको अध्यक्षतामा नयां कार्यसमिति चयन भयको हो।
शाखाको उपाध्यक्षमा खर्कबहादुर पुन मगर,महासचिव चेतबहादुर राना मगर, सचिव रुपबहादुर रानामगर, कोषाध्यक्ष यमबहादुर थापामगर र सहकोषाध्यक्षमा केशव रानामगर चुनिएका छन्।
त्यसैगरि,सदस्यहरुमा बरमान रोकामगर,जीतबहादुर थापामगर,वीरमाया पुनमगर,चित्र रानामगर,टुकमाया थापामगर,हिरा रानामगर,तीर्थकुमार थापामगर, सावित्रा थापामगर,भुवनी थापामगर,देवेन्द्र थापामगर, भिम बुराढोकीमगर,अन्जली पुनमगर,अस्मिता थापामगर,गजेन्द्र पुनमगर,दिलमाया थापामगर, कोमलादेवी थापामगर,नारायण थापामगर र जीतपानी रानामगर छन्।
प्रमुख निर्वाचन आयुक्त विषन थापा रहेको सो कार्यक्रममा धनबहादुर थापा र केशबहादुर आले सदस्य रहनु भयको निर्वाचन समितिले नयां कार्यसमिति घोषणा गरेको हो। मगर संघ यूको अध्यक्ष सिता पुन प्रमुख अतिथी रहनु भयको सो कार्यक्रममा निर्वाचन अनुगमन पनि अध्यक्ष पुनले गर्नु भयको थियो।
नेपाल मगर संघ युकेको केन्द्रिय अध्यक्ष सिता पुन र महासचिव गुमानसिंह थापाले नयां कार्यसमितिलाई बधाइ दिंदै सफल कार्यकालको शुभकामना दिनु भयको छ।