Thursday June 01, 2023

गोर्खा कप २०१८ को तयारी पुरा , खेल अन्तराष्ट्रिय हुने

६ असार, २०७५ शीतलपाटीन्युज डटकम, बाचस्पति रेग्मी । 7644



मीचेट ,लण्डन। फुटवल खेलको दुनियामा फुटवल कै जन्मभुमीमा रहेर  २७ मे २०१८ मा क्वीईन्स एभीन्यु अल्डरशट यूकेको आर्मी ग्यारीजन ग्राउण्डमा १६ अाैं गोर्खा कप अडिसन फुटबल प्रतियोगिता हुने भयको छ। सो खेलको लागी आवस्यक तयारी पुरा भयको कुरा आज एक समारोह बिच प्रेष मीटको आयोजना गरी तमुधी युकेले स्पष्ट पारेको छ। आज मीचेटस्थीत तमुधी युकेको आफ्नै भवनमा अध्यक्ष ज्ञाम गुरुड्गको अध्यक्षतामा भयको प्रेष मीटमा कार्यक्रम संयोजक पिताम्वर गुरुड्गले पत्रकारहरुलाई प्रोजेक्टर प्रस्तुती मार्फत यो कुरा स्पष्ट पार्नु भयको हो ।
९ ए साईड हुने सो गोर्खा कप २०१८ मा रेगुलर खेल तर्फ ३२ टीम र ४० बर्षमाथीका भेट्रान १० टीमले भाग लीयका छन्।खेलमा भाग लीने टीमहरु बेलायतबाट मात्र नभै अन्तराष्ट्रिय क्षेत्र हंगकंग , बेल्जीयम र हलैण्डवाट समेत भाग लीयका हुन। 
रसमोर बरो काउन्सीलको मेयर प्रमुख अतिथी रहने सो कार्यक्रममा फान्बोरो इलाकाको सासंद  ली डोटर्ची, नेपाली राजदुतावासका डिपुटी चीफ अफ मीसन शरदराज आरन, आइडिया फर नेपालका प्रमुख गोकर्ण श्रेष्ठ, एनआरएन युके अध्यक्ष एवम बेलायतस्थीत सबै संघसंस्था प्रमुखहरु , सम्बन्धीत इलाकाका आर्मी अफिसरहरु गरी २०० जना भन्दा बढी पाहुनाहरु निमन्त्रणा गरीयको सो कार्यक्रममा रेगुलरमा प्रथम हुने टीमले २५०० सय पाउण्ड नगद पुरष्कार र दोस्रा हुनेले १५०० पाउण्ड नगद पुरष्कार पाउने छन।त्यस्तै भेट्रान तर्फ प्रथम हुनेले १२०० पाउण्ड नगद र दोश्रो हुनेले ८०० पाउण्ड नगद जीत्ने छन्। मेन अफ दि मैच हुने र धेरै गोलगर्ने खेलाडीले आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

बास्तवमा फुटवल खेल खेलाउनुको  मुख्य कारण खेल अन्तराष्ट्रीय भएको, यसमा पारड़गत ब्यक्तीको नाम, प्रतिष्ठा र शान हुने भयकोले यो खेलको आयोजना गरीएको हो। आयोजक तमूधी युकेको कुसल संयोजन, स्वयम सेवकहरुको ब्यबसायीक अनुभव र अथक प्रयास, व्यापारीहरुलाई  सर्वसुलभ स्टलहरू सहितको व्यापारिक उपस्थिति , सुरक्षाको उचीत ब्यबस्था र घाइते वा बिरामी भयमा उपचारको ब्यबस्था, पाच पाउण्ड पार्कीड़ग शुल्क , प्रवेश र बाहीरिने शुलभ ब्यबस्था , शौचालयको भरपर्दो ब्यबस्थाले बाताबरण उल्लासमय हुने भएको छ ।१६ औ अडीसनको गाेर्खा कप एेतिहासीक हुने दृढता प्रस्तुत  गर्दै संयोजक गुरुड्गले कार्यक्रममा सहभागी सबैले  शान्तीपुर्ण वातावरणमा आफ्ना आफन्त,  नातेदार , छिमेकी र साथीभाईसंग नेपाली खानाका परिकार खाने र नेपाली सामान किनमेल गर्दै लण्डन रहदाको अनुभव साट्दै फुटबलको भरपुर मनोरञ्जन लीने बताउनु भयकोछ। त्यसका लागी १० वटा फुडस्टल र ४५ वटा भन्दा धेरै मात्रामा व्यापारिक स्टलहरू रहने सो समारोहमा बेलायतमा रहने सबै  सहभागीहरूले भरपुर रमाईलो गर्ने छन्। 

पहिलो पटक एफए कप डिस्प्ले हुने ,  ब्रिगेड अफ गोर्खाजको बैण्ड , मार्सल आर्टस , नेपाली नाचगान , खुकुरी डान्स, मीलीटरी डिस्प्ले , पारासुट जम्प आदी मनोरन्जनात्मक प्रस्तुती हुने सो कार्यक्रमले नेपाली युवाहरुलाई खेलमा शरीक गराउने छ भने अल्डरसट इलाकाको व्यापार बढाउनेछ । यो कार्यक्रमले नेपाली साथीभाई र नातागोतासंग भेट्ने मौका मीलाईदिन्छ भने आवस्यक समान खरीद गर्न र नेपाली परिकारको स्वाद लीन अवसर प्रदान गर्ने छ। 


तमुधी युकेका महासचीव कृष्ण गुरुड्गले उद्घोषण गर्नु भयको सो प्रेषमीटमा तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्गले पत्रकारहरुलाइ खाता लगाई स्वागत गर्नु भयको थियो । तमुधी युकेका उपाध्यक्ष नन्दजंग गुरुड्गले स्वागत भाषण गर्नु भयको सो कार्यक्रममा एभरेष्ट टाइम्सका सम्पादकहरु हरीकाजी गुरुड्ग, लीलामान शेरपुन्जा , गोरखा बिजीनेसका पुर्ण गुरुड्ग, एभरेष्ट नेटका एसके गुरुड्ग, कान्तीपुर प्रतिनीधी नविन पोखरेल, वीनेपालीका स्याम लुइटेल , लण्डन नेपालका सम्पादक शीव भण्डारी , शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी , माउसटेल वेभका मन गुरुड्गको उपस्थीती रहेको उक्त कार्यक्रमा सहारा युकेका अध्यक्ष मीन गुरुड्ग, मगरसंघका अध्यक्ष नेम थापा , तमुधी युके संस्थापक अध्यक्ष मीन गुरुड्ग सीकलीसे, तमुधी युके पुर्व अध्यक्षहरु मुक्षेन्द्र गुरुड्ग, कमल गुरुड्ग , बरिष्ठ समाजसेवि महेस गुरुड्ग, तमुधी युकेका उपाध्यक्ष नन्द गुरुड्ग, हितकाजी गुरुड्ग, कोषाध्यक्ष दिपक गुरुड्ग, सहारा युके उपाध्यक्ष कुमार गुरुड्ग, एनआरएन युके उपाध्यक्ष पुनम गुरुड्ग, तमु फोरमका अध्यक्ष राजु गुरुड्ग , सपन इन्टरटेनमेन्टका सपन कुमार राई ,सहारा युकेका महासचीव कृष्ण गुरुड्ग , तमुधी युकेका तुलाराम गुरुड्ग, सल्लाहाकारज्युहरु, कार्यसमीती सदस्यहरु , तमुधी युके आमा समुह अध्यक्ष , पुर्व अध्यक्ष र सदस्यहरुको उपस्थीत रहेको सो कार्यक्रममा अध्य ज्ञाम गुरुड्गले बेलायतमा बसोबास गर्ने सबैलाई हामीले ब्यवस्थापन गरेर राखेका छौ आएर हेरी रमाईलो गर्न आव्हान गर्नु भयकोछ ।

सन् २००३ बाट शुरु भयको यो फुटवल समेतको मेलामा १०००० नेपालीले मनोरन्जन लिने आसा गर्नु भयको छ । सो प्रेषमीटका समयमा भर्खरै तमुहरुको उदगमबस्ती कोल्हा सोथरको खोज र अनुसन्धानका लागी गरीएको प्रयासको भीडीयो समेत प्रस्तुत गरीयको थियो । साथै गोर्खा कप २०१८ मा नेपाली दाजुभाईहरूको स्वास्थ्यको ख्याल राख्दै एनआरएन युकेले एउटा फ्रि हेल्थ चेक अप क्याम्प खडा गरी सेवा दिने भयको छ। त्यसको नेतृत्व स्वास्थ्य  विभाग प्रमुख दिलीप कुमार यादवले गर्नुहुने भयको छ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?