Saturday January 28, 2023

नेप्लिज एसोसिएसन अफ वील्सायर कम्युनिटी अवार्डद्वारा सम्मानित 

१२ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1481


नेप्लिज एसोसिएसन अफ वील्सायर कम्युनिटी अवार्डद्वारा सम्मानित 

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतको स्वीन्डन क्षेत्रमा रहेको नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ वील्सायरले यस वर्ष पनि कम्युनिटी अवार्ड जितेको छ। स्थानीय समुदायमा संस्थाले गरेको सामाजिक योगदानको कदर गर्दै एसोसिएसनलाई एमटिएम अवार्ड दिइएको हो (MTM Peaches Golding Community Group Award Winner 2022, Nepalese Association Wiltshire)। यो एटीएम अवार्डले नेप्लिज एसोसिएसन अफ वील्सायर तेश्रो पटक सम्मानित भयको छ।

एसियन,अफ्रिकन तथा अल्पसंख्यक समुदायको प्रोत्साहनका लागि स्थानीय मास्ट दि म्यागेजिनले सामाजिक सेवा गरे वापत उक्त अवार्ड प्रदान गरेको हो। साउथ वेष्ट इंग्ल्याण्डस्थित सामाजिक तथा परोपकारी संघसंस्था,व्यवसायी एवम् व्यक्तित्वहरुलाई अवार्ड दिने क्रममा एसोसिएसनले सामुदायिक विधातर्फ ‘एमटिएम अवार्ड’ पाएको अध्यक्ष ज्ञान गुरुङले शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ।

गत २६ नोभेम्बर २०२२ को शनिबार ब्रिस्टोलस्थित म्यारिएट होटेलमा आयोजित विशेष समारोहमा समाजका अध्यक्ष गुरुङ,सचिब भुवानी प्रसाद गुरुङ, दुर्गासीह गुरुङ,गोपाल गुरुङ,सीरी गुरुङ,उन्नति गुरुङ, आयुशा गुरुङ सहितका पदाधिकारीले एमटीएम अवार्ड ग्रहण गरेका थिए। सो अवार्ड सुसोभन समारोहमा युकेको बिभिन्न शहरका मेयरहरु, काउन्सीलरहरु,कम्युनिटी लिडरहरू बाक्लो उपस्थिती थियो। अवार्ड वितरण समारोहमा बेलायतका गन्यमान्य अतिथी समेत जर्मनी मेयर पनि सहभागी थिए। सो म्यागेजिनले सन् २०१२ देखि वर्षेनी ‘एमटिएम अवार्ड’ प्रदान गर्दै आएको छ। यसपटक दशौं वार्षिकोत्सवमा पनि विभिन्न विद्यामा अवार्ड वितरण गरिएको थियो।

नेप्लिज एसोसिएसन अफ वील्सायरका अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा अवार्डले ह्याट्रीक रुपमा सम्मानित भएकोमा प्रसन्नता व्यक्त गर्दै समस्त कार्यसमिति र समुदायप्रति आभार व्यक्त गरे। अवार्डले संस्थामा थप दायित्ववोध भएको पनि उनले बताएका छन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?