१३ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा बसोबास गरेका काभ्रेलीहरुले काभ्रे सोसाइटी युकेमा नयाँ नेतृत्व चयन गरेका छन। सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशबाट काभ्रे सोसाइटी यूकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सोसाइटीको नया अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल सर्वसम्मत् चुनिएका छन्। काभ्रे सोसाइटी यूकेको स्थापनाको लागि पहलकर्ता एवम् संस्थापक रहेका उनी यसअघि संस्थामा वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरेका गरेका थिए।
नवनिर्वाचित अध्यक्ष फुँयाल मिडल्यान्ड मात्र नभइ सिंगो बेलायतमै एक सक्रिय समाजसेवी एवम् एनआरएनए अभियन्ता हुन्। सृजनशीललेष्टर नेपालका वर्तमान अध्यक्ष फुँयाल एनआरएनए यूके सल्लाहकार एवम् साझा नेपाली समाज यूकेका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। निर्वाचन समितिका संयोजक रहेका शीतलपाटीन्युज डटकमका सम्पादक एवम् पूर्व डिएसपी बाचस्पति रेग्मीले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र अधिकारी,उपाध्यक्षहरू रुपक पौड्याल र बलराम मैनाली,महासचिव अश्विन नेपाल,सचिव राम श्रेष्ठ, कोषाध्यक्ष जीवन थापा र सहकोषाध्यक्ष जानकी लामा चयन भएका छन्। यसैगरी सदस्यहरुमा यादव पराजुली,चन्द्र मैनाली,रीता श्रेष्ठ,शान्ता तामाङ,शम्भु गौतम,अर्जुन सापकोटा,विज्ञान हुमागाइं,प्रवेश केसी,विजय कार्की,संगीता भण्डारी र पदम गोले चुनिएका छन्।
सोसाइटीका अध्यक्ष फुयालले संस्थापक अध्यक्ष रविन्द्र शर्मालाई प्रमुख संरक्षकमा र डा महालक्ष्मी अधिकारी,दावा लामा,गोकर्ण हुमागाइं र मिलन शर्मालाई सल्लाहकारमा मनोनित गरेर सोसाइटीलाई पुर्णता दिए।
सो बार्षिक समारोहका अवसरमा शुभकामना दिंदै प्रमुख अतिथि एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले सामाजिक क्षेत्रमा उदाहरणीय र जुझारु क्रियाशिल फुँयालको नेतृत्व काभ्रे सोसाइटी यूकेमा हुनु सुखद र झन् राम्रा कामहरु गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो। सो अवसरमा साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम मगर,सल्लाहकार एवम् यार्डली समाजका अध्यक्ष गोकर्ण हुमागाइं र कोभ्रेन्ट्रीका सामाजिक अभियन्ता गोविन्द सापकोटाले शुभकामना मन्तव्य व्यक्त राखेका थिए।संबोधनका क्रममा नवनिर्वाचित अध्यक्ष फुँयालले सोसाइटीले बेलायतवासी सम्पूर्ण काभ्रेलीहरुलाई एकताबद्ध गर्ने,अन्य संघसंस्था तथा समुदायासँग सहकार्य बढाउने र सामाजिक क्षेत्रमा थप क्रियाशिल बनाउदै जाने प्रतिवद्धता व्यक्त गरेका छन्।
उपस्थित काभ्रेलीहरुको परिचय गराईएको सो अधिवेशनमा २०२०-२०२२ समितिका अध्यक्ष रविन्द्र शर्मा र कोषाध्यक्ष बलराम मैनालीले संस्थाको बिशेष प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको र सबैले धन्यवाद दिदै पारित भयको थियो। काभ्रे सोसाइटी युकेका अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार डा महालक्ष्मी पराजुलीले सञ्चालन गर्नु भयको थियो। अधिवेशनमा भाग लिन लन्डन,स्कटल्याण्ड, स्वीन्डन, रेडिङसहितका विभिन्न स्थानबाट झन्डै ५ दर्जनको संख्यामा बेलायतवासी काभ्रेलीहरु उपस्थित थिए।
सो अवसरमा विभिन्न संघसंस्थामा आबद्ध अभियन्ताहरुको पनि उपस्थिति रहेको सो कार्यक्रमको लागि खाना तथा हल व्यवस्थापन गर्ने रामचन्द्र अधिकारी सहित सबै सहयोगी प्रति सोसाइटीले आभार व्यक्त गरेको थियो।