१४ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन।यस बर्ष बेलायतमा आयोजनामा हुँदै गरेको "मिसेस नेपाल युनिभर्स" सुन्दरी प्रतियोगितामा १४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुने भएको छ। लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले ती प्रतिस्पर्धीहरुको बारेमा शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भएको छ। प्रतिस्पर्धामा १४ जना युवतीहरुले सहभागी हुन आफ्नो नाम दर्ता गरायका छन्।
विवाहित महिलाहरु बीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण आउंदो ४ डिसेम्बर अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ। निर्देशक मनिषा डंगोल श्रेष्ठले यसवर्षको प्रतियोगीतामा प्रतिस्पर्धामा रहेका ती सुन्दरीहरुमा बिनिता बस्नेत,रिना अधिकारी,सन्नी शाही,विनिता अधिकारी खनाल, शविता श्रेष्ठ,विमला बुढाथोकी,मिनु शाह,अन्जु बस्नेत,हिना थापा,प्रमिला केसी,निश्मा बन,श्रीजा डंगोल,कविता खनाल र शोभा क्षेत्री लगायत छन् भनेर नामावली दिनु भयको छ। प्रतियोगीताको तैयारी र अन्य व्यवस्थापकिय कामहरु अहिले चलिरहेको छ। मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताउनु भयको छ।
विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण प्रतियोगिताको प्रमुख उद्देश्य जनाउनु भयको छ। मनिषाले आफूमा इच्छाशक्ति र प्रतिभा छ भने महिलाहरु सधैं रोल मोडलका रुपमा अग्रपंक्तिमा आउन सक्ने धारणा पनि डंगोलले राख्नु भयको छ।
प्रतियोगितालाई निष्पक्ष प्रतिष्पर्धा गराउन प्रतियोगिताका निर्णायक विभिन्न क्षेत्रका वीज्ञहरु राखिने लन्डन फेसन हाउसकी निर्देशक मनिषाले जनाउनु भएको छ ।