१५ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौँ। काठमाडौँमा नाइट क्लबहरू राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ।
जस अनुसार रक्सी पसलहरू (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन्। त्यस्तै रेस्टुरेन्ट राति १२ बजेसम्म, डान्स,दोहोरी रेस्टुरेन्ट,लाउन्ज र बारहरू राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
काठमाडौँ जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित,मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको प्रशासन कार्यालयले जनाएको छ।
(साभार: प्रशासन)