Saturday January 28, 2023

बेलायतमा नेपालीको जनसंख्या १ लाख ३ हजार ८७५,नेपाली बारे अन्य डाटा आउदै

१८ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1201


बेलायतमा नेपालीको जनसंख्या १ लाख ३ हजार ८७५,नेपाली बारे अन्य डाटा आउदै

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ। बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्सले मंगलबार सार्वजनिक गरेको जातीयता सम्बन्धी तथ्याङ्कलाई सेन्टर फर नेपाल स्टडिज युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो।

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ। यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। जनगणनाअनुसार देखाइएको डाटालाई प्रशोधन गरेर २०२३ भरि नै  बिभिन्न क्याटागोरीमा प्रस्तुत गरिने कुरा अफिस फर न्याशनल स्टाटिटिक्सले जनायको छ।

संयुक्त अधिराज्य बेलायतमा बसोबास गरेका नेपालीहरूको सबैभन्दा बाक्लो बसोबास अल्डरसटमा-

तथ्याङ्कअनुसार रसमोर नेपालीहरूको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए । त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीहरूको संख्या ७ हजार ६४९ रहेको छ । सन २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो ।

त्यसपछि रेडिङ नेपालीहरूको अधिक बसोबास रहेको तेस्रो स्थान बनेको छ जहाँ नेपालीहरूको जनसंख्या ५ हजार ३४४ देखिएको छ। सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौथो स्थानमा थियो। सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?