१९ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। बेलायतमा रहेर सामाजिक सेवामा तल्लीन कम्युनिटी एण्ड नेचर इन्टरनेशनल (Communities and Nature International) युके र स्याङजा समाज युकेलै एउटा समसामयिक बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो। च्यारीटी संस्था कम्युनिटी एण्ड नेचर इन्टरनेशनल युकेका संयोजक अधिवक्ता गोविन्द बेलबासेको उपस्थितिमा सो अन्तरक्रिया सम्पन्न भयको हो।
बेलायतमा बिजुली,पानी,ग्यास,स्वास्थ्य सेवा, जाडोमा तातो बातवरण, घरबेटीसँग सम्बन्ध र अन्य समसामयिक बिषयहरुमा पुर्याउन पर्ने सजगता बारेमा भयको सो अन्तरक्रिया कार्यक्रम स्याङजा समाज युकेका अध्यक्ष सारदा गुरुङको अध्यक्षता भयको हो। एम्पायर हल अल्डरसट युकेमा भयको सो अन्तरक्रिया स्याङजा समाज युकेका महासचिव डा बलराम ढकालले संचालन गर्नु भयको हो।
नेपालको स्याङजाबाट बेलायत आई बसोबास गर्नु हुने आमाबुबा,दाजुभाइ,दीदीबहिनीहरुलाई समसामयिक बिषयमा जानकारी गराउन आयोजना गरियको सो अन्तरक्रिया कार्यक्रममा च्यारीटी संस्था कम्युनिटी एण्ड नेचर इन्टरनेशनल युकेका संयोजक अधिवक्ता गोविन्द बेलबासे,एनआरएनए अन्तर्राष्ट्रिय उपाध्यक्ष एवम स्याङजा समाज युकेका सल्लाहकार थर्क सेन,पुर्व डिएसपि एवम पाल्पा जिल्ला समाज युकेका अध्यक्ष बाचस्पति रेग्मी, ग्रेटर रसमुर नेपाली कमयुनिटीका महासचिव डा बिशाल गुरुङ,स्याङजा समाज युकेका अध्यक्ष सारदा गुरुङ, स्याङजा समाज युकेका महासचिव डा बलराम ढकाल समेतले बेलायती डायस्पोरासंग आवश्यक पर्ने समसामयिक बिषयमा उपस्थित सबै महानुभावहरुलाई प्रष्ट पार्दै अन्तरक्रिया कार्यक्रम भब्य सम्पन्न भयको थियो।
साथै स्याङजा समाज युकेका महासचिव डा बलराम ढकालको बिशेष योजनामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष सारदा गुरुङले उपस्थित सबैलाई धन्यवाद दिदै समापन भयको सो कार्यक्रममा उपस्थित बाबाआमाहरुलाई स्याङजा समाज युकेले दिवाखाना समेत व्यवस्था गरेको थियो।