२० मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। लन्डन फेसन हाउसले आयोजना गरेको तेस्रो‘मिसेस् नेपाल युनिभर्स-२०२२ प्रतियोगिताको उपाधिको ताज सन्नी शाहीले पहिरेकी छन्। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आइतबार आयोजित प्रतियोगितामा शाहीले उपाधि जितेकी हुन्। उनले पब्लिक च्वाइसको उपाधि पनि जितिन्।
प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल रहेको सो कार्यक्रममा उपनियोग प्रमुख खनाल,आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ र सन् २०१८ की विजेता बिनु लामिछानेले शाहीलाई ताज पहिराइ दिएका थिए।
सौन्दर्य प्रतियोगितामा विमला बुढाथोकीले फष्ट रनर अप बनेर मिसेस नेपाल वर्ल्ड वाइड उपाधि पाएकी छन्। निर्णायकहरु कविता घर्तीमगर र कन्चन डंगोलले उक्त उपाधि दिए। रिना अधिकारी सेकेन्ड रनरअप भएर मिसेस नेपाल युरोप ०२२ उपाधि पाएकी छन् । सन् २०१८ की सेकेन्ड रनरअप विजेता सबु सेन्चुरी र जज स्वेता हुसेनले सो उपाधि दिएका थिए। थर्ड रनरअप उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनालले पाएका छन्। व्यवसायी लक्ष्मी राईले उक्त उपाधि दिएकी थिइन्। फोर्थ रनरअप उपाधि निष्मा बनले पाइन्। मिसेस यूके नेपाल २०१७ वीनर आस्था जोशी बटाजुले उक्त उपाधि दिएकी थिइन।
सब टाइटिलमा वेष्ट स्माइल बिनिता बस्नेत,वेष्ट कल्चरल ड्रेस हिना थापा,वेष्ट लर्नर प्रमिला केसी,वेष्ट पर्सनालिटी रिना अधिकारी,वेष्ट क्याटवाक श्रीजा डंगोल,मिसेस मोटिभेटर मिनु शाह,वेष्ट फिगर बिनिता अधिकारी खनाल,वेष्ट ब्युटीफुल फेस निष्मा बन,वेष्ट एक्टिङ सविता श्रेष्ठ,वेष्ट कन्फिडेन्स शोभा क्षेत्री, पब्लिक च्वाइस सन्नी शाही,मिसेस टयालेन्ट उपाधि विमला बुढाथोकी,ब्युटी फर चेन्ज उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनालले पाए।
गायिका शर्मिला बर्देवा,नेपलिज नर्सेस एसोसिएसन यूके अध्यक्ष सुनिता गौतम र मिसेस नेपाल यूके २०१८ वीनर बिनु लामिछानेले सब टाइटिल प्रदान गरेका थिए। मिसेस एन्जल हार्ट उपाधि बिनिता बस्नेतले पाइन्। बिनु गोदार थापाले उनलाई उक्त टाइटिल प्रदान गरिन् । प्रतियोगितामा १४ विवाहित महिला सहभागी थिए।
निर्णायकमा विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरू मध्य स्वेता हुसेन,कन्चन डंगोल,दीपक थापा र कविता घर्तीमगर गुरुङ थिए। सो अवसरमा ब्युटी फर चेन्जको गुडवील एम्बासडर सुनिता श्रेष्ठलाई घोषित गरिएको थियो । लन्डन फेसन हाउसकी निर्देशक डंगोलले उनलाई ताज पहिराइदिएकी थिइन्।
सो अबसरमा बोल्दै लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्। विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य,क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण गर्ने उद्देश्यले प्रतियोगिता गरिएको लन्डन फेसन हाउसकी निर्देशक श्रेष्ठले बताइन्। महिला सशक्तिकरण अधिकारका लागि लडाईंमात्र होइन्,उनीहरुलाई स्वतन्त्र,उद्यमी र आत्मविश्वासी बनाउनु पनि भएको उनले बताइन्। सुस्मिता थापाले सन्चालन गरेको कार्यक्रममा गायिका शर्मिला बर्देवाले आफ्नो प्रस्तुति दिएकी थिइन्। प्रतियोगिताको कोरियोग्राफी सन्तोषीले गरेकी हुन् ।
कार्यक्रमका अवसरमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बेलायत (फिने यूके) कार्यसमिति समेत घोषणा गरियो। जसमा अध्यक्ष मनिषा डंगोल श्रेष्ठ, उपाध्यक्षहरु विनोद बराल,विनोद श्रेष्ठ,महासचिव सजनी लामा,सहसचिव सन्तोषी कार्की र बन्दना केसी रहेका छन् । काउन्सीलर जीत रानाभाट, नेपाल पत्रकार महासंघ बेलायतका पुर्व अध्यक्ष नविन पोखरेल,उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, गोर्खामिडियाका सम्पादक मीलन गुरुंग, शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी,मन्जु भण्डारी समेत उपस्थित रहेको सो कार्यक्रम भब्य सम्पन्न भएको थियो।