२० मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। अल्डरसट बेलायतमा लुटपाटको प्रयास गरेको अभियोग मा एक व्यक्ति लाई दोषी ठहर गर्दै तीन बर्ष भन्दा बढी समय को जेल सजाय भएको छ। अलेक्जेन्ड्रा रोड,अल्डर्शटका २९ वर्षीय ड्यारेन वाट्स हिजो (सोमबार ५ डिसेम्बर) को दिनमा विनचेस्टर क्राउन कोर्टमा हाजिर भएका हुन्।
यसै बर्ष २५ फेब्रुअरी शुक्रवार को दिनमा मनोरपार्कको सार्वजनिक शौचालयमा एक ७८ वर्षीय व्यक्तिलाई पछ्याई कुटपिट गरी पैसा मागेपछि उनीमाथि लुटपाटको प्रयास गरेको अभियोग लगाईएको थियो । वाट्सले लुट्ने प्रयास गरेको एक गणना स्वीकार गरेकोले विनचेस्टर क्राउन कोर्टमा तीन बर्ष र नौ महिनाको सजाय पाए।
उनले सोही दिन अल्डर्शटमा भएको घटनापछि साईकल चोरी गरेको पनि स्वीकार गरेको ले लुटपाटको प्रयास को सजाय को साथ साथै एक महिनाको थप जेल सजाय पाए। सजाय पछि बोल्दै, उत्तरी सीआईडीका डिटेक्टिभ कन्स्टेबल थोमस बेलीले भने: "यो एक वृद्ध पिडित माथि अप्रत्याशित अनि हिंस्रक आक्रमण थियो, जति बेला उनी आफ्नो बिहान को पैदल यात्रामा रहेका थिए।"
"यस अनुसन्धानमा स्थानीय समुदायको योगदानको महत्वपूर्ण भूमिका थियो र मलाई ड्यारेन वाट्सलाई पहिचान गर्न सहयोग गर्नेहरूलाई धन्यबाद दिन चाहन्छु।"
"म अल्डर्शट प्रतिक्रिया र गस्तीका अधिकारीहरूको सहयोगी कार्यलाई पनि मान्यता दिन चाहन्छु र स्थानीय छिमेकी प्रहरी टोली,जसले प्रमुख प्रमाणहरू सुरक्षित गर्न मद्दत गर्यो।"
"यसले गर्दा वाट्सको प्रारम्भिक पहिचान र गिरफ्तारको सहजीकरण भयो र निजलाई आरोप लगाई हिरासतमा राखिएको थियो।"
"यस्ता अपराधहरू भाग्यवश कमै हुन्छन,तर मलाई आशा छ कि आजको दण्डले ह्याम्पशायरमा खतरनाक अपराधीहरूलाई खोजि गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ।"