Sunday April 02, 2023

लन्डनमा  गोविन्द साह 'आजाद' का कलाकृतिहरुको प्रदर्शनी शुरु

२३ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1270


लन्डनमा  गोविन्द साह 'आजाद' का कलाकृतिहरुको प्रदर्शनी शुरु

GNN NEWS-

लंडन - लन्डनको चर्चित  अक्टोबर ग्यालरीमा युवा कलाकार गोविन्द साह 'आजाद' का कलाकृतिहरुको एकल प्रदर्शनी शुरु भएको छ।'अनुपस्थित उपस्थित' नाम दिइएको उनको प्रदर्शनीमा लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मदतले उनले सिर्जना गरेका ठूला तथा साना आकारका कलाकृतिहरु राखिएको छ।

प्रदर्शनीको उद्घाटन गर्दै बेलायतकालागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कलाकार आजादका कलाकृतिहरुमा रंग,गतिशीलता र सृजनशीलताको बेजोड संगम रहेको बताए।  पूर्वीय दर्शनले मानिसको जीवनलाई द्वैत रुपमा हेर्ने गरेको बताउंदै राजदूत आचार्यले कलाकार आजादले पूर्वीय दर्शनलाई आफ्ना कलाकृति मार्फत अत्यन्त राम्रोसंग अभिव्यक्त गरेको बताए। उनले नेपाल र बेलायत बीच रहेको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा पुराउन यस्ता प्रदर्शनीहरुले योगदान गर्ने धारणा पनि व्यक्त गरे। 

कार्यक्रममा अक्टोबर ग्यालरीकी निर्देशक  चिली हवेसले  कलाकार आजादका कलाकृतिहरुको चौथो  पटक एकल प्रदर्शन गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताइन्।  उनले आजादका कलाकृतिहरुमा स्पष्टता, साहस र दूरदृष्टि रहेको आफुले पाएको पनि बताइन्।

कार्यक्रममा सहभागी बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि महन्त श्रेष्ठले नेपाली कलाकारले लन्डनको मुटुमा एकल कला प्रदर्शनी आयोजना गर्नु गौरवको कुरा भएको बताए।  उनले यसबाट नेपालको पर्यटन प्रवर्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कलाकार आजादले पृथ्वी र आकाशबीच पुलको रुपमा रहेको बादलले आफुलाई बाल्यावस्था देखि नै आकर्षित गर्ने गरेको बताउंदै आफुले बादललाई केन्द्रमा राखेर कलाकृतिहरु कोरी रहेको बताए। प्रदर्शनी २८ जनवरी २०२३ सम्म जारि रहने ग्यालरीले जनाएको छ।

थप जानकारीका लागि:

Octobergallery.co.uk



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?