Sunday April 02, 2023

बेलायतमा साप्ताहिक नया कार्यक्रम "हेल्लो नमस्ते" प्रसारण 

२५ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1316


बेलायतमा साप्ताहिक नया कार्यक्रम "हेल्लो नमस्ते" प्रसारण 

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा साप्ताहिक कार्यक्रम ‘हेल्लो नमस्ते’ प्रसारण सुरु भएको समाचार प्राप्त भयको छ। बिजी बी इन्टरटेनमेन्ट यूकेको भिडियो अन्तर्वार्ताको पहिलो एपिसोड शुक्रबार दिउँसो कम्पनीको आफ्नै यूट्युब च्यानलबाट प्रसारण भएको हो।

हेल्लो नमस्तेको पहिलो अतिथीमा चलचित्र निर्माता, निर्देशक तथा भूतपूर्व ब्रिटिश गोर्खा मिलन चाम्स रहेको जानकारी प्राप्त भएको छ। नेपालका चर्चित निर्देशक चाम्सले उक्त अन्तर्वार्तामा आफ्नो फिल्म करिअरदेखि ब्रिटिश आर्मी जीवन र यसअघि कहिल्यै खुलासा नगरेका तथ्य पनि सार्वजनिक गरेका छन् । चाम्सको अन्तर्वार्ता तीनवटा एपिसोडमा लगातार प्रसारण हुने जनाइएको आयोजकको योजना छ।

उक्त कार्यक्रमको निर्देशन रोमियन लिम्बु र प्रस्तुति शान्ति लिम्बुले गर्नु भयको छ। कार्यक्रम प्रोड्युसरहरुमा सुरेशराज पाठक,सुमन पुन,प्रशान्त खड्का र शान्ति लिम्बु हुनुहुन्छ। अन्तर्वार्ता सम्पादन गौतमराज खड्काले गर्नु भयको हो।

कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्ति देखि प्रतिभा भएर पनि ओझेल परेका नेपाली तथा विदेशी श्रष्ठासम्मलाई कार्यक्रममा अवसर दिइने बिजी बी इन्टरटेनमेन्ट यूकेकी निर्देशक रोमियन लिम्बुले जनाउनु भयको छ।

हेल्लो नमस्ते कार्यक्रमलाई मुख्य प्रायोजन नाम मोर्गेजले गरेको छ भने मन ट्राभल एण्ड टुर्स सर्भिस लिमिटेड र गोर्खा सर्भिसेज लिमिटेडले पनि प्रायोजन गरेको छ। नमुना हेयर एण्ड सलुन अल्डरसटले मेकअप प्रायोजन गरेको, आशिष थेवेले सिनेमाटोग्राफी र एज्रा श्रेष्ठले फोटोग्राफीको जिम्मेवारीमा हुनुहुन्छ। खाना प्रायोजन अल्डरसटस्थित मोटे दाईको भट्टीका सञ्चालक विष्णु गुरुङको छ।

कम्पनीले हरेक खालका विज्ञापन,म्यूजिक भिडियो, फिचर फिल्म निर्माण आदि काम गर्ने गर्दछ। सो कम्पनीको नेपाल र यूकेमा अनुभवी टिम छ। यसलाई व्यवसायिक रुपमै अगाडि बढाउने सोच राखिएको निर्देशक रोमियनले जनाउनु भयको छ।

हाल बेलायत निवासी निर्मात्री तथा नायिका रोमियन रोमियन लिम्बु विगत लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल हुनुहुन्छ। पेशाले डेन्टल नर्स रोमियन आफ्नो परिवार र जागिरबाट बचेको समय नेपाली चलचित्रमा समर्पित रहनु भयको छ।

उहा नेपाल चलचित्र कलाकार संघ बेलायतको अध्यक्ष पनि हुनुहुन्छ। विदेशमा समेत नेपाली चलचित्र प्रवर्धन तथा प्रचार प्रसारका लागि रोमियनको लगाव लोभलाग्दो छ। उहाले कयौं चलचित्र तथा म्यूजिक भिडियोमा लगानी र अभिनय गर्नु भयको छ। उहाले अभिनय गरेको चलचित्र ‘कांडेतार’ छिट्टै रिलिज हुंदैछ। उक्त चलचित्र बेलायतमा समेत प्रदर्शन गर्ने उहाको सोच छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?