Sunday April 02, 2023

मलाया युद्ध लडेको सैनिकको कथामा आधारित "गोर्खा वारियर"

८ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1610


मलाया युद्ध लडेको सैनिकको कथामा आधारित "गोर्खा वारियर"

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ। मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म गोर्खा वारियरका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प्रस्तुत हुने जानकारी दिइयो। 

“सैनिकले के कस्तो अवस्थामा युद्ध लडेका थिए भन्ने यसमा देखाएका छौँ। उहाँको परिवार र जीवनीसमेत समेटेका छौँ”,निर्देशक चाम्सले भनेका छन। “हामीले नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ।” आयोजित कार्यक्रममा फिल्मको टिजर समेत सार्वजनिक गरियको थियो। जङ्गल युद्धलाई देखाउँदा कठिनाइ भए कै कारण निर्माणमा लामो समय लागेको निर्देशक चाम्सले जानकारी दिएका छन। 

“म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा युद्ध लड्ने प्राविधिक शैली नै देखाएका छौँ। अन्य फिल्म जस्तो एउटा हिरोले नभई सम्पूर्ण टिमले वास्तविक झैँ यसमा युद्ध लड्नेछन्”,निर्देशक चाम्सले भने। पत्रकार सम्मेलनमा उपस्थित सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक शैलेन्द्र खनालले निर्देशक चाम्स लगायतको टिमलाई शुभकामना दिएका थिय। “नेपाली वीरताको कथालाई अन्य निर्माताले पनि पर्दामा ल्याउनुपर्छ। म यसमा गीतकारका रूपमा जोडिन पाउँदा खुसी छु”, पूर्वमहानिरीक्षक खनालले भने। उपस्थित पाहुनाहरूले भिएफएक्स,ब्याकग्राउन्ड स्कोर,सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ लगायतको प्राविधिक पक्षको तारिफ गरेका थिए। 

नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा प्रिमियर हुँदैछ। फिल्ममा रितेश चाम्स,विजय लामा,रेविका गुरुङ,रियर राई,कविता आले,सुरज तमु,भुवन सिंह राई,त्रिचु राई,दिग्गज खत्री,सरोज खालिङ,अरुष सरु मगर,आशिष गुरुङ लगायतको अभिनय छ। विजय लामा सैनिक मेजरको भूमिकामा छन्। नेपाल र मलेशियामा छायाङ्कन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन,अर्जुन जिसीको सम्पादन,सुदीप बरालको डीओपी,हिमाल केसीको द्वन्द्व निर्देशन,समीर मियाँको भिएफएक्स,शैलेन्द्र खनाल ‘शरद’को गीत रचना र एलिस कार्कीको सङ्गीत रहेको छ।

श्रोत- गोर्खामिडिया।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?