Sunday April 02, 2023

तीन उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन र सपथ,गृहमन्त्रीमा रबी लामिछाने

११ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1569


तीन उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन र सपथ,गृहमन्त्रीमा रबी लामिछाने

शीतलपाटीन्युज डटकम।

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री प्रचण्डले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री सहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्।

मन्त्रीहरुमा ज्वालाकुमारी साह,दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरुको कार्यभार पछि तोकिने भनियको छ। उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार नै शपथ लिएका छन्।

(श्रोत-सुरक्षा न्युज)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?