११ पुष, २०७९
मोहन आचार्य जलद।
निकालेर कसरी उनको मनबाट मलाई
संगालेर यो मन रमायो तनबाट मलाई
चुँडालेर बन्धन चुनौती हज्जार बाधाहरू
समालेर जिन्दगी सफल जनबाट मलाई।
बाधेको छु जीवन भुलेर मायाजाल आफैले
चिनाएर आफन्त गुमाए धनबाट मलाई।
आकाशको तारा जस्तै मेरो छिनालेर रहर
सम्झाएर हेर्दैछु त्यो बालापनबाट मलाई
हिँडाएर दुर्गम समाज अन्धकार शहर ।
मुक्ति हुन्न उनकाे विश्वास वनबाट मलाई
लेख्दै गर्छु साहित्य मनको जीवनकाे कहर
कहाँ होला निर्मल शान्ति मोहनबाट मलाई।
मोहन आचार्य जलद
कोभेन्ट्री बेलायत
देवचुली नवलपुर नेपाल
२६/१२/२०२२