१२ पुष, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। तमुधिं यूकेको बरिष्ठ उपाध्यक्ष हरि गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। तमुधिं भवन मिचेटमा सम्पन्न संस्थाको अधिवेशनले संस्थाका बरिष्ठ उपाध्यक्ष हरि गुरुङ १२ औं कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित भयको हो।
प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङ,आयुक्तहरु मेजर कृष्णबहादुर गुरुङ र नारायणसिंह गुरुङ रहेको निर्वाचिन समितीले नयाँ कार्यसमिति निर्वाचन गराएको थियो। प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले नयाँ कार्यसमितिमा निर्बाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जुमकाजी गुरुङ,परशु गुरुङ र कमल कोने गुरुङ निर्वाचित भयका छन् भने महासचिवमा डा विशाल गुरुङ,सचिवमा विमल गुरुङ,कोषाध्यक्षमा दिलमाया गुरुङ र सहकोषाध्यक्षमा दुर्गाबहादुर गुरुङ चयन भएका छन्।
कार्यसमिति सदस्यहरुमा भोज गुरुङ,मोति गुरुङ, लिदिया गुरुङ,हेलिसा गुरुङ,बिनु गुरुङ,चन्द्रादेवी गुरुङ, गुड्डु गुरुङ,नरबहादुर गुरुङ,दीपक गुरुङ र सोम घले छन्। त्यस्तै स्पोर्टस् सेक्रेटरी क्या दीपक घले, कल्चरल सेक्रेटरी साधुराम गुरुङ,मिडिया सेक्रेटरी एसके गुरुङ,मिलन तमु गुरुङ फोटोग्राफर र मदन गुरुङ,युवा संयोजक राजेन्द्र गुरुङ,च्यारिटी संयोजक कुमार घले र प्रोपर्टी मेम्बर अरुण गुरुङ चुनिएका छन्।
आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ निर्वाचित भएकी छन्। आमा समूहमा उपाध्यक्षमा कमला गुरुङ, नन्दकुमारी गुरुङ र जया गुरुङ,महासचिवमा शान्ता गुरुङ,सचिव अञ्जु गुरुङ,कोषाध्यक्ष मुना गुरुङ र सहकोषाध्यक्ष श्रीमती ध्रुव गुरुङ सहित १५ सदस्यहरु छन्।
महासचिव पर्शुराम गुरुङले संचालन गरेको साधारण सभा अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भयको थियो। अध्यक्ष हितकाजी गुरुङ,संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ,आमा समूहकीअध्यक्ष सीता (मञ्जु) गुरुङले पानसमा बत्ती बाली अधिवेसनको उद्घाटन गरिएको थियो। सो अवसरमा महासचिव पर्शु गुरुङले कार्यक्रमको रुपरेखा तथा हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गरा उनु भयको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुलाई वरिष्ठ उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो भने अध्यक्ष हितकाजी गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भयको कुरा मिडिया कोअर्डिनेटर एस के गुरुङले जानकारी दिनु भयको छ।
तमुधी हल खचाखच रहेको कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तब्य दिनुका साथै आमा समूहका महासचिव,शाखाका अध्यक्षहरु,तमुधिँ केन्द्रका महासचिव,कोषाध्यक्षहरुले प्रतिवेदन पेश गर्नु भयको थियो। निवर्तमान हुदै रहेका अध्यक्ष हितकाजी गुरुङले विभिन्न विषयमा जानकारी दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै गुरुङले कार्यसमिति विघटन गर्नु भयको थियो। अधिवेशनमा निवर्तमान अध्यक्ष हितकाजी गुरुङले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्नु भयको थियो।
शपथ लिदै संबोधनका क्रममा अध्यक्ष हरि गुरुङले संस्थाको भवनलाई ट्रस्टीहरुको नामबाट संस्थाकै नाममा सार्ने, भवनको १९ हजार पाउन्ड ऋण चुक्ता गर्ने र तमुधिं यूकेलाई आवश्यकता परेमा अझै ठूलो भवन व्यस्थापन गर्नेसम्मका प्रतिवद्धता ब्यक्त गर्नु भयको थियो।
Photo: SK Gurung