Saturday January 28, 2023

पोखरेली मंच युकेका अध्यक्ष करम गुरुङको नेतृत्वमा पोखरा म्याराथनमा सहभागि हुदै

१३ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1244


पोखरेली मंच युकेका अध्यक्ष करम गुरुङको नेतृत्वमा पोखरा म्याराथनमा सहभागि हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागिता जनाउन पोखरेली मंच यूकेबाट अध्यक्ष करम गुरुङको नेतृत्वमा एउटा टोली  पोखरा जाने भएको छ। यो पोखरेली मञ्च यूके पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था हो। 

आगामी फागुन ६ गते शनिबारका दिन आयोजना हुने पोखरा म्याराथनमा सहभागिताका लागि पोखरा आउने तयारी भएको पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिनु भयको छ। उहाले –“हामी युके लगायत विभिन्न मुलुकमा रहेका खेलप्रेमीहरुलाई पोखरा म्याराथनमा सहभागिताका लागि आह्वान गर्नु भयको छ।”

मञ्चका अध्यक्ष गुरुङले फागुन ६ गतेका दिन पोखरा म्याराथनका लागि च्यारिटी स्वरुप ‘टिस्टल’ समेत राख्ने तयारी गरिएको समेत जानकारी दिदै टि–स्टलबाट प्राप्त भएको रकम पोखरा म्याराथनका लागि सहयोग गरिने बताउनु भयको छ।

मञ्चको हालै सम्पन्न बैठकले पोखरा म्याराथनको तयारीका लागि मञ्चकी सदस्य समेत रहेकी पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईको संयोजनमा र मिना गुरुङ सहसंयोजक रहेको समिति गठन गरेको जानकारी अध्यक्ष गुरुङले दिनु भयको छ। 

पोखरा म्याराथन समापन संगै पोखरेली मंच युकेको टोलीले स्याङजास्थित साल्मे डाँडा तयार हुदै रहेको गोरखा स्मारक र नेपालमा पहिलो होमस्टे सोनपाल समेत पदयात्रा गर्ने कार्यक्रम तय भएको छ। पोखरेली मंच युकेको यो पोखरा भ्रमणमा अध्यक्ष करम गुरुङ लगायत रि क्या सीपी पुन फाउण्डर प्रेसिडेन्ट र श्रीमती राजमाया पुन,निवर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहकार मान प्रसाद गुरुङ,उपाध्यक्ष पवित्र गुरुङ,संयोजक मंजु गुरुङ राई,उपसंयोजक मीना गुरुङ, हरिमाया गुरुङ,बिनु पुन समेतको ठुलो टोली रहने पोखरेली मंच युकेको भाईवर ग्रुपमा जनाइएको छ। यो पोखरा म्याराथनले पोखरालाई खेलकुद पर्यटनको रुपमा विकास हुने आसा अध्यक्ष गुरुङले बताउनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?