Sunday April 02, 2023

बेलायतमा मौलिक गीत "बर पिपलु" सार्वजनिक [भिडियो]

१३ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1405


बेलायतमा मौलिक गीत "बर पिपलु" सार्वजनिक [भिडियो]

शीतलपाटीन्युज डटकम।

लन्डन । गीतकार तथा सञ्चारकर्मी मिलन तमुको शब्द रचनामा मौलिक कौरा/चुट्का 'बर पिपलु' मंगलबार रिलिज गरिएको छ। 

दिप गुरुङको निर्देशनमा बनेको म्युजिक भिडियो मंगलबार दिप गुरुङ युट्युब च्यानलबाट सार्वजनिक भएको हो। उक्त गीतमा चर्चित गायक तथा संगीतकार आरके गुरुङ, 'द भ्वाइस अफ नेपाल'को फस्ट रनरअप तारा श्रीस मगर र लोकदोहोरी गायक शितल गुरुङको आवाज रहेको छ। 

अभिनय भने अहिलेका जल्दाबल्दा मोडल आनन्द गुरुङ र मोडल सुस्मिता गुरुङले गरेका छन् । बर पिपलुमा संगीत आरके गुरुङ,संगीत संयोजन डोलराज बाह्रघरे,मिक्सिङ श्यामश्वेत रसाइली, क्यामेरा शम्भू चालिसे,सम्पादन मेकबहादुर थापाले गरेका निर्देशक दिप गुरुङले जनाएका छन्। 

गीतकार मिलन तमु लामो समयदेखि फोटो पत्रकारका रुपमा सञ्चारकर्मीमा रहेका छन्। उनले बेलायतका गोर्खा मिडिया डटकम एकल स्वामित्वमा सञ्चालन गरेका छन्,जसको उनै प्रबन्ध निर्देशक हुन्। गीत/संगीतमार्फत पनि समाजमा योगदान पुर्‍याउँदै आएका तमुले यसअघि रोधी घरको आँगन भाग ३ सम्म निकालिसकेका छन्।

साभार-गोर्खामिडिया।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?