Saturday January 28, 2023

एम्पायर हलको थ्याङ्क्यु पार्टीमा रमाउदाको त्यो क्षण

१४ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1490


एम्पायर हलको थ्याङ्क्यु पार्टीमा रमाउदाको त्यो क्षण

बाचस्पति रेग्मी।

लन्डन। हालै बेलायतको अल्डसटरमा सञ्चालित एम्पायर बैंक्युटिङ हलले Thankyou Party (धन्यवाद पार्टी) सम्पन्न गरेको छ। डिसेम्बरको अन्तिम हप्ता सिमसिम पानी परेको र हलुका चिसो रहेको बेलायती मौषममा बुधबार बेलुकी सांगीतिक रमझम सहित एम्पायर हलले आफ्ना ग्राहक र शुभचिन्तकलाई क्रिसमसको रमझम चलि रहेको बेला थ्याङ्क्यु पार्टीको आयोजना गरेर रात्रीभोज गरिएको हो। 

उदघोषक मालकन वनेमले एम्पायर बैंक्वटिङ हलका बारेमा इतिहास बताउदै सबै पाहुनाहरूलाई स्वागत गर्दै संचालन भयको सो पार्टीमा जस्टिन कोल र निर्देशक पुरन गिरीले संबोधन गर्नु भयको थियो। 

कार्यक्रममा निर्देशक गिरीले उपस्थित सबैलाई स्वागत गर्दै कोरोना महामारी र अन्य समसामयिक समस्या रहदा पनि एम्पायर बैंक्वटिङ हल बुकिङ,प्रयोग गरी व्यवसाय बचाउन सहयोग गर्ने महानुभावहरुलाई शंझदै धन्यवाद पार्टी दिइएको बताउनु भयको थियो। निर्देशक गिरीका अनुसार एम्पायरमा सधैं रकम तिरेर खानुपर्ने ग्राहकलाई यसपटक नि:शुल्क खाना तथा पेय पदार्थ व्यवस्था गरिएको पनि बताउनु भयको थियो।

      

भोजमा काउन्सिलर जीव बेल्वासे,तमुधिं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ,नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ,उपाध्यक्ष कमल गुरुङ,सहारा यूकेका अध्यक्ष कुसाङ गुरुङ,उपाध्यक्ष कृष्ण गुरुङ,निवर्तमान अध्यक्ष कुमार गुरुङ,एनआरएनए यूकेका संरक्षक शेरबहादुर सुनार,पूर्वअध्यक्षहरु योगेन क्षेत्री,योग फगामी,शिव कल्चरलका अध्यक्ष बाचस्पति रेग्मी,स्याङजा समाज युकेका अध्यक्ष शारदा गुरुङ,वर्तमान कोषाध्यक्ष विष्णु खरेल,अन्तर्राष्ट्रिय पर्वत वेलफेयर समाजका उपाध्यक्ष दधि आचार्य,सार्दि खोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ,बगर भाईखलक युकेका अध्यक्ष दिलरास गुरुङ, व्यवसायी गणेश गुरुङ,डिलन्जका तुलाराम गुरुङ,अन्तर्राष्ट्रिय पर्वत वेलफेयर सोसाइटीका निवर्तमान अध्यक्ष एवम सञ्चालक पुरन गिरीका आमाबुबा,गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,सपन इन्टरटेनमेन्टका सपन राई,मंन्जु गुरुङ राइ,पिपल मर्गेजका मीलन गुरुंग र गैर आवासीय नेपालीहरुको समेत भब्य उपस्थिति थियो। 

ब्यवसायीक सजावट भन्दा धन्यवाद पार्टीमा गरीयको सजावट उत्कृष्ट देखियको सो हल टेवल सजावट, स्टेज सजावट र लाइटीङ मनोरंजनयुक्त रहेको थियो। सो हलमा बेल्जियमबाट जनसम्पर्क समितिका संस्थापक सुवास जोशी र भीम जोशी पनि उपस्थित थियो। 

अल्डरसट हाइस्ट्रिटमा अवस्थित एम्पायर हल बेलायतमा निकै व्यस्त रहने हल हो। यसमा पुरन गिरी, नारायण गिरी तथा राजकुमार गुरुङले सञ्चालन गरेका हुन्। यो पार्टी प्यालेस सन् २०१५ अगस्टदेखि सञ्चालनमा ल्याइएको हो। सञ्चालकहरुले अब युनियन स्ट्रिटमा पनि १ सय ५० जना क्षमताको हल र सुसीबार खोल्ने तयारी रहेको पनि जानकारी दिनु भएको छ।

कार्यक्रममा दाजुभाइ ब्यान्डका अमृत मगरले सांगीतिक प्रस्तुति दिएका थिए भने साइनो इभेन्टले व्यवस्थापनमा सघाएका थिए। रात्रीभोजमा नाचगानका साथ सम्पन्न सो धन्यबाद नाइट समाजका लब्ध प्रतिष्ठित महिला र पुरुषहरुको भब्य उपस्थितीमा भरपुर मनोरन्जन लिएका थिए।

फोटो-मीलन तमु गुरुड्ग



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?