Thursday June 01, 2023

पोखरा महानगरपालिकाका सबै कार्यालय र शैक्षिक संस्थामा आइतबार बिदा

१६ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1713


पोखरा महानगरपालिकाका सबै कार्यालय र शैक्षिक संस्थामा आइतबार बिदा

शीतलपाटीन्युज डटकम।

पोखरा। पोखरा महानगरपालिकाको सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा आइतबार बिदा दिइएको छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ हुने भएकाले सो कार्यक्रममा व्यापक जनसहभागिता जनाउन बिदा दिइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनु भयको छ। 

पोखरा महानगरपालिकाले पोखरेलीको वर्षौं देखिको सपना पूरा भएको उल्लेख गर्दै विमानस्थल शुभारम्भ अघिको झाँकी सहितको -र्यालीमा सहभागी भइदिन सबै संघसंस्थालाई आग्रह पनि गरेको छ ।

(साभार- गण्डकी भ्वाइस)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?