Saturday January 28, 2023

न्युयोर्कमा दुर्घटनामा पोखराका एक नेपाली उबर चालकको निधन

१८ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1112


न्युयोर्कमा दुर्घटनामा पोखराका एक नेपाली उबर चालकको निधन

शीतलपाटीन्युज डटकम।

अमेरिका। न्युयोर्क सिटीमा भएको एक दुर्घटनामा नेपाली उबर चालकको निधन भएको छ । आज विहान भएको दुर्घटनामा उनको निधन भएको हो। घटना विहान करिब १२ बजेर ५८ मिनेटमा भएको जनाइएको छ ।

दुर्घटनामा कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको निधन भएको उनका साथीले जानकारी दिएको न्युयोर्कबाट संचालित नेपाली अनलाईन खसोखासमा उल्लेख छ। यो घटनाका बारेमा परिवारका सदस्यहरुलाई जानकारी गराइसकिएको छ।

घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । शरीरमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ ।

आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । र ३२ बर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान पनि सार्वजनिक गरेको छ ।

खसोखासको पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस । 

https://www.khasokhas.com/176541?mibextid=Zxz2cZ



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?