Thursday June 01, 2023

सोलार फार्म तनहुँले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने,बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

२९ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1881


सोलार फार्म तनहुँले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने,बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

शीतलपाटीन्युज डटकम। 

काठमाडौं । सोलार फार्म लिमिटेड तनहुंले २० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छl यसैक्रममा प्रति शेयर १०० रूपियाँ अंकित दरको २०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

उक्त सम्झौता-पत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आसबहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

उक्त कम्पनीको अधिकृत पूँजी रु. ६५ करोड रूपियाँ, जारी पूँजी रु. ६५ करोड रूपियाँ र चुक्ता पूँजी रु. ४५ करोड रूपियाँ छ। नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलारबाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ । यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ।

श्रोत-करपोरेट नेपाल।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?