Saturday January 28, 2023

बेक्सली नेपाली समाज यूकेले मनायो नेपाली सांस्कृतिक पर्व ल्होछार

१ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1188


बेक्सली नेपाली समाज यूकेले मनायो नेपाली सांस्कृतिक पर्व ल्होछार

शीतलपाटीन्युज डटकम।

लण्डन। बिगतका वर्षहरु जस्तै यस वर्ष पनि बेक्सली नेपाली समाज यूकेले नेपाली सांस्कृतिक पर्व ल्होछार २०२३ मिति १४ /०१/२०२३ का दिन फाल्कोन कम्युनिटी हलमा भव्यरूपमा सम्पन्न गरेको छ। बेक्सली नेपाली समाज यूकेका अध्यक्ष आनन्द धरेलको सभापतित्त्व भयको सो कार्यक्रममा बेक्स्ली काउन्सिलका मेयर निक ओ हरी प्रमुख आतिथी तथा विशेष अतिथिहरुमा एमपी लुई फ्रेन्च,काउन्सीलर नाईजेल बेट्सको समुपस्थिती थियो। सो विशेष कार्यक्रमको सञ्चालन महासचिव केदार थपलिया र सचिव होमनाथ ज्ञवालीले गर्नु भएको थियो।

कार्यक्रमको सुरुवात  विशेष अतिथिहरुले पानसमा दियो बाल्नु भई उक्त कार्यक्रमको उद्घाटन गरी शोभा बढाईदिनु भएको थियो। दुबै देशको राष्ट्रीयगानबाट शुरू भएको उक्त ल्होछार कार्यक्रममा उपाध्यक्ष तथा संयोजक बिंदु गुरुंगले उपस्थिति सबैलाई स्वागत गर्नु भयको थियो भने सचिब होमनाथ ज्ञवालीले आपतकालीन अबस्थामा अपनाउनुपर्ने स्वास्थ्य, सुरक्षाका मापदण्डका बारेमा जानकारी गराउनु भयको थियो। 

सो कार्यक्रममा भर्खरै आजीवन सदस्यता लिनु भएका महानुभावलाई मेयरको समुपस्थितीमा बरिष्ठ उपाध्यक्ष हरीश ज्ञवाली र उपाध्यक्ष कमल गुरुंगले संयुक्तरूपमा प्रमाणपत्र प्रदान गर्नु भएको थियो। कार्यक्रमलाई प्रमुख अतिथि बेक्स्ली काउन्सिलका मेयर निकले कार्यक्रमलाई सम्बोधन गर्दै बेक्सलि नेपाली समाजले आफ्नो समुदायमा गरेका यस्ता कामको प्रशंसा गर्नुभयो।मेयरले अभिभावकको रूपमा काम गर्न दत्तचित्त रहेको र कुनै समस्या परे हर किसिमको सहयोग गर्न प्रतिज्ञारत रहेक़ो बताउनु भयो। पहिलो चरणको औपचारिक कार्यक्रमको अन्त्य गर्दै सँस्थाका अध्यक्ष आनन्द धरेलले उपस्थित सबैलाई धन्यवाद दिनुभयो। साथै वहाँले आगामी दिनहरूमा पनि यस सँस्थाले समुदायको हितको लागी सबै सँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम शिवराम गुरुँङले संचालन गर्नु भयको थियो। उक्त अवसरमा सानासाना वाहिनीहरूले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिय। साथै दिडिबहिनीहरूले पनि एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्दै हलमा उपस्थित सबैलाई मनोरंजन प्रदान गर्नु भएको थियो। कार्यक्रम अर्कों आकर्षण राफल ड्र र पुरस्कार वितरणले सबैको ध्यान खिचेको थियो। कार्यक्रमको अन्तिम चरणमा हलमा उपस्थित सबै सहभागीलाई नेपालबाट आउनु भएका बहु चर्चित राष्ट्रीय कलाकार गायक गायिका कलाकार द्वय चीज़ गुरूंग र भीमू गुरूँगले विभिन्न गीतहरु पस्किदै कम्मर मर्काई मर्काई नचाउन सफल हुनुभएको थियो।

अन्तमा बेक्स्ली नेपाली समाज यस ल्होछार कार्यक्रमलाई सभ्य र भव्यरूपमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने बेक्सलि नेपाली समूदाय, sponsor, पत्रकार,डीजे,क्याटरिङ,कलाकार,सिंगो कार्यसमिति,कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव, फ़ोटोग्राफी तथा प्रतक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई वहाँहरूको योगदानको सम्मान र कदर गर्दै अध्यक्ष आनन्द धरेलज्युले हार्दिक धन्याबाद टक्र्याउदै कार्यक्रमको समापन गर्नु भएको थियो।

समाचार सम्पादन: होमनाथ ज्ञवाली

सचिव बेक्स्ली नेपाली समाज



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?