Saturday January 28, 2023

मगर समाज युके मिडल्याण्ड शाखाको अध्यक्षमा प्रेम आले मगर सर्वसम्मत 

४ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1106


मगर समाज युके मिडल्याण्ड शाखाको अध्यक्षमा प्रेम आले मगर सर्वसम्मत 

शीतलपाटीन्युज डटकम।

लण्डन। मगर समाज मिडल्यान्ड शाखा यूकेले मगर परम्परा अनुसार माघे संक्रान्ति भब्य रुपमा मनायो। साथै शाखाको दोश्रो अधिवेशनले दोश्रो कार्यकालका लागि नया कार्यसमितिमा प्रेम आले मगर मिडल्यान्ड मगर समाज युके शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन भए।

मगर समाज युके मिडल्याण्ड शाखाको अध्यक्ष टंक मगरको अध्यक्षतामा भयको सो दोश्रो अधिवेशनमा मगर संघ युकेको अध्यक्ष सीता पुन मगर बिशिष्ठ अतिथी रहेको तथा कार्यक्रम हेरिटेज सेन्टर नैनीटाउनमा भयको र मगर समाज मिडल्याण्ड शाखाका संस्थापक तथा मगर संघ युकेका सल्लाहाकार क्याप्टेन भिम सारुले औपचारिक कार्यक्रम संचालन गर्नु भयको थियो।

अध्यक्षमा आले मगर र उपाध्यक्षमा चम्पा थापा चुनिएको सो समितीमा सचिवमा खिम थापा निर्बिरोध हुनु भयको छ। कार्यसमितिको अन्य विभिन्न पदमा मनोनित गर्दै जाने कुरा नया निर्वाचित अध्यक्ष आलेले बताउनु भयको छ।

मौलिक मगर संस्कार अनुसार पुजा ग्रहण गरि शुरु भयको सो कार्यक्रममा बिशिष्ठ अतिथी मगर संघ युके अध्यक्ष सीता पुन मगर, शाखाका अध्यक्ष टंक मगर र संस्थापक भिम सारु मगरद्वारा उद्घाटन गरिएको थियो। सो कार्यक्रम राष्ट्रिय गान गायर शुरु गरिएको थियो। बिशेष अतिथी लेफ्टिनेन्ट ओम गुरुङ एमबिई "Freeman of Barrow" अतिथीहरुमा गुरुङ समाज, राई समाज,लिम्बु समाज,नैनिटाउन नेपाली समाज, ब्रिटिश गोर्खा भेटरान उपस्थित रहेको सो कार्यक्रममा परम्परागत झल्कने स्वादिष्ट नेपाली खाना,राफल चिठ्ठा,सांस्कृतिक कार्यक्रमले रमाइलो थियो। युवा गायक मनोज गुरुङ,सम्मी सारुको एकल गायन,युके नेपाल IDOL लगायतका कलाकारहरुको प्रस्तुति मनोरन्जनयुक्त रहेको थियो।

निवर्तमान हुनु भयका अध्यक्ष टंक मगरलाई आफ्नो कार्यकाल सफल पार्नु भयकोमा बधाई दिदै नेपाल मगर संघ युके अध्यक्ष सीता पुनले सफल कार्यकालका लागि धन्यवाद दिनु भयको थियो। मिडल्यान्ड छेत्रमा अध्यक्ष आले धेरै सामाजिक काम गरेर प्रतिष्ठित सामाजिक अभियन्ता हुनुहुन्छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?