४ माघ, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर भएर कार्यालयको पदभार ग्रहण गर्नु भयको छ। नेपाल सरकार गृह मन्त्रालय ( मन्त्रिस्तर) को यही पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमाण्डौबाट यस कार्यालयमा पदस्थापना भएका प्रहरी नायव महानिरीक्षक ज्ञवालीले आजै कार्यभार सम्हालेको हो।
बिशेष गरेर अपराध अनुसन्धान,प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरि सफलता हसिल गरेका छन। यसै गरी उनले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरि सक्नु भयको छ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ।
(दैनिकन्युज पोष्टबाट)