Saturday January 28, 2023

एसएसपी कार्कीले काठमाडौं प्रहरी प्रमुख जिम्मेवारी सम्हाले

५ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1093


एसएसपी कार्कीले काठमाडौं प्रहरी प्रमुख जिम्मेवारी सम्हाले

शीतलपाटीन्युज डटकम।

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गर्नु भयको समाचार छन। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा हुनु भएको हो।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरुले एसएसपी कार्कीलाई स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण,जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बता उनु भयको थियो। प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो। 

बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई शान्ति सुरक्षा सम्बन्धी आवश्यक निर्देशन समेत दिएको जिल्लाका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी गराउनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?