६ माघ, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं। ओखलढुंगास्थित बौद्ध गुम्बा रुम्जाटारलाई नेपाल भ्रमणमा रहेको तमुधिं यूके संस्थागत र व्यक्तिगत गरी ५ लाख ११ हजार सहयोग गरेको समाचार छ।
सो सहयोग आज एक कार्यक्रमबीच तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ,श्रीमती तथा आमा समूह अध्यक्ष सन्ध्या गुरुङ १ लाख १ हजार,वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ र कमलादेवी गुरुङ १ लाख १ हजार,उपाध्यक्ष परशु गुरुङ र श्रीमती नन्दा गुरुङ १ लाख १ हजार,तमुधिं यूकेका सल्लाहकार कृष्ण गुरुङले १ लाख ८ हजार सहयोग गरेका छन।
सहयोग रकम ओखलढुंगास्थित बौद्ध गुम्बा अध्यक्ष एवं पूर्व इन्स्पेक्टर टेकबहादुर गुरुङले ग्रहण गरेका थिए। त्यस अवसरमा अध्यक्ष गुरुङले तमुधिं यूकेको मुखपत्र फ्रेंसी र मायाको चिनो पनि हस्तान्तरण गरेका थिए।
तमुधिं यूकेको भ्रमण टोलीलाई बिहीबार बेलुकी गुम्बाले स्वागत गरेको थियो। टोलीमा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर,तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ तथा आमा समूह अध्यक्ष मन्जु सीता गुरुङ,ट्रस्टी एवं गीतकार एकेन्द्र गुरुङ,पूर्वकार्यसमिति सदस्य श्रीप्रसाद गुरुङ,राधी कार्यक्रमका सञ्चालक बालकाशी गुरुङ लगायतको सहभागीता थियो।
साभार-गोर्खामिडियाबाट ।