Saturday January 28, 2023

युके र युरोपका मगर संघहरु विच अन्तरक्रिया सम्पन्न

८ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1092


युके र युरोपका मगर संघहरु विच अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन। २२ जनवरी २०२३ का दिन मगर संघ युकेका सातौ कार्यसमिति माङ्घे संक्रान्तिको कार्यक्रम मनाउन विश्व मगर संघ बेल्जिमको निमंत्रणामा वेल्जिमको लुवेन स्थित एक कार्यक्रममा सहभागी भयो।

कार्यक्रममा मगर संघका अधक्ष्य श्रीमती सीता पुन, बरिस्ठ उपाधक्ष्य लाल बहादुर पुन,उपाधक्ष्य होम रोका, महासचिव गुमान सिङ्ग थापा,सचिव गोमन सिङ्ग पुन र भवन कोषाधक्ष्य थाम बहादुर रोका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष श्रीमती पुनले शुभकामना मन्तव्यका क्रममा माघे संक्रान्तिको शुभकामना दिदै मगर संघ युकेको आउदै गरेको ४१ औ मगर दिवस र २० औ बार्षिक उत्सवको आधिकारिक निमंत्रणा बिश्व मगर संघ बेल्जियमका अध्यक्षलाई दिनुभएको थियो। साथै कार्यक्रममा उपस्थित मगर संघ पोर्तुगलका अध्यक्ष कमल पुनलाई पनि निमंत्रणा गर्नुभएको थियो।

मिति २२ जनवरी २०२३ का दिन विश्व मगर संघ बेल्जियमको अध्यछतामा युकेमा रहेका मगरहरु र युरोपमा रहेका मगरहरु बीचको सम्बन्ध र आगामी भावी कार्यक्रम कसरी अगाढी बढाउने भन्ने वारेमा लुवेनमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। उक्त अन्तरक्रिया कार्यक्रम मा मगर संघ युके बाट सहभगी टोलि,मगर संघ पोर्तुगलबाट पाल्नुभएको टोलि र विश्व मगर संघ बेल्जिम बीच छलफल र अन्तरक्रिया भएको थियो।

अन्तरास्ट्रिय मगर महासंघका महासचिव साथै, जनजाती महासंघ बेल्जियमका अधक्ष्य बिरमान घर्ति मगरबाट मगरहरुको महत्व,संस्कृति,सभ्यता र विकास बारेमा जानकारी गराउनु भएको थियो। मगर संघ युकेका अध्यक्ष श्रीमती सीता पुन, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना,मगर संघ पोर्तुगलका अध्यक्ष कमल पुन,विश्व मगर संघ बेल्जियमका युरोप संयोजक नेत्र आले,मगर संघ युकेका युरोप संयोजक होम रोका लगायतले मन्तव्य राख्नु भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?