Saturday January 28, 2023

बगर भाई खलक 8 ए साइड : ठमेल ११ भेट्रानले जित्यो उपाधि

९ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1102


बगर भाई खलक 8 ए साइड : ठमेल ११ भेट्रानले जित्यो उपाधि

शीतलपाटीन्युज डटकम।

पोखरा। गत माघ ३ गतेबाट सुरु भएको प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित कुल २४ टिमको सहभागिता रहेको प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठमेल ११ भेट्रानले जितेको छ।

बगर भाइ खलकको आयोजनामा आइतबार सम्पन्न फाइनलको उपाधि भिडन्तमा स्थानिय पोखराको दिप युनाइटेडलाई पेनाल्टी शुट आउट २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै भेट्रान ११ ठमेलले नगद २ लाख प्राप्त गरेको छ भने उपविजेता रहेको दिप युनाइटेडले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खेलको निर्धारित समयमा दुबै टिमबाट गोल गर्न नसक्दा खेल पेनाल्टी शुट आउटमा पुगेको थियो। ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गरे। यता दिपका लागि अन्तिम गुरुङले गोल गरे पनि अर्जुन कुमार गुरुङ र गंगा बहादुर गुरुङको पेनाल्टी प्रहार बाहिरिएको थियो । खेलमा ठमेलका किपर सञ्जिव खडगी म्यान अफ दि म्याच घोषित भए ।

यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दिप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद १५ हजार हात पारे । त्यसै गरी वेष्ट किपरमा ठमेलका सञ्जिव खड्गी, बेष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, बेष्ट मिडफिल्डरमा दिपका अन्तिम गुरुङ, बेष्ट स्ट्राइकरमा ठमेलका सागर थापा, वेष्ट कोचमा ठमेलकै प्रदिप श्रेष्ठ घोषित भए । उनीहरुले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल,तमु धिं यूकेका अध्यक्ष हरि गुरुङ,प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ,एआरएनए आइसिसी महिला सचिव राधिका टिका गुरुङ, सहारा युकेका संस्थापक सल्लाहकार महेश गुरुङ, सल्लाहकार लोक बहादुर गुरुङ,सहारा युकेका मञ्जु गुरुङ राईलगायतले ट्रफी,मेडल प्रमाण पत्र वितरण गरेका थिए।

प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद ६० हजार सहयोग गरेका छन्। त्यसै गरी बगर भाइ खलक युकेले नगद २ लाख र ट्रफी र सहारा युकेबाट द्वितिय पुरस्कार राशी स्वरुप नगद १ लाख र बगर भाइ खलक जापानबाट नगद ८० हजार कार्यक्रममा हस्तान्तरण गरिएको थियो।

यस अघि समापन कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार खेलकुदको विकास संगै पूर्वाद्धार विकासका लागि प्रतिवद्ध रहेको बताए। संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाई खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाई राखेका थिए।

(गोर्खामिडियाबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?