१० माघ, २०७९
शीतलपाटीन्युज डटकम।
घान्द्रुक। तमु धीं युकेका अध्यक्ष हरि गुरुङ नेतृत्वको नेपाल अध्ययन भ्रमण टोली कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पुगेको कुरा गोर्खामिडियाका डाइरेक्टर मीलन तमु गुरुङले जनाउनु भयको छ।
घान्द्रुकमा पुगेका तमु धीं युकेको टोलीलाई स्थानियले भब्य स्वागत गरेका थिए। नौमती बाजा,फूलको माला, फूलको गुच्छा र खादा लगाई दिएर तमु धीं युकेको अध्यक्ष,तमु धीं युकेको आमा समूहको अध्यक्ष लगायत सबैलाई स्वागत र सम्मान गरेको थियो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लछिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धीं युकेको अध्यक्ष हरि गुरुङ,निबर्तमान अध्यक्ष हितकाजी गुरुङले मन्तब्य राख्नु भयको थियो।
मन्तब्यको क्रममा निबर्तमान अध्यक्ष हितकाजी गुरुङले बिद्यालयको लागि एक लाख पाँच हजार समेत प्रदान गर्नु भयको थियो।
उहाको धर्मपत्नी सीता गुरुङले सोही बिद्यालयमा अध्ययन गर्नु भयको थियो।
फोटो-मीलन तमु