१० माघ, २०७९
शीतलपाटीन्युज डटकम।
काठमान्डौ। संसद् भवनअगाडि एक व्यक्तिले मंगलवार आफैंलाई आगो लगाएका छन् ।
झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ (सम्भावित पेट्रोल) खन्याएर उनले शरीरमा आगो लगाएका हुन्।
जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो।
उनको उमेर अन्दाजी ४० वर्ष छ ।
(श्रोत- राजु बास्केटबल,लोकान्तर)