१० माघ, २०७९
शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरेली मञ्च युकेकी कार्यसमिति सदस्य मञ्जु गुरुङ राईलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले एक कार्यक्रममा मार्फत स्वागत गरेको समाचारप्राप्तभयको छ। उहालाई मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ,निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ,संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट,मञ्चका सल्लाहकार महेश गुरुङ,महासचिव कृष्ण तिमिल्सिना,कोषाध्यक्ष महेश पौडेलले स्वागत गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर समेत रहेको पोखरेली मञ्च यूकेले विगत चार वर्ष देखि निरन्तर रुपमा म्याराथनको विकास एवं प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पोखरेली मञ्चको तर्फबाट पोखरा म्याराथन सफल बनाउन संयोजक समेत रहेकी मञ्जुले संयोजकको भूमिका निर्वाह गर्दै आउनु भयको छ।
सो स्वागत समारोहमा पोखरा म्याराथन सफल बनाउन युकेका नेपालीहरु निकै उत्साहित रहेको मञ्जुले बताउनु भयको छ। उहाले –“पोखरा म्याराथनमा आउन युके नेपाली युवा लगायत आमा समुह समेत निकै उत्साहित हुनुहुन्छ। हामीले उहाँहरुलाई पोखरा आउन निम्तो बाँडिरहेका मात्रै छैनौ सहयोगका लागि आग्रह पनि गरिरहेका छौं।”
भलिबलकी पूर्व राष्ट्रिय खेलाडी समेत रहेकी मञ्जु आफै पनि क्यान्सर जस्तो रोगलाई जितेर सामाजिक र खेलकुद अभियानमा कृयाशिल छिन् । उनले १४ औं पोखरा म्याराथनमा क्यान्सर पिडितहरुको सहयोगार्थ च्यारिटीमार्फत सहयोग संकलन गर्न १० किलोमिटर दौडमा सहभागिता समेत जनाएकी थिइन् ।
तमु धिं युकेको टोलीसंग नेपाल आएकी राईले पोखरा म्याराथनका लागि युकेबाट ४० जना भन्दा बढिको समुह पोखरा आउने तयारी गरिरहेको जानकारी समेत दिनु भयको छ ।
पोखरामा हुन लागेको म्याराथन फागुन ६ गते शनिबार आयोजना हुँदैछ। यो ठुलो पोखरा म्याराथनको विजेता धावकले नगद ५ लाख प्राप्त गर्नेछ। उक्त पुरस्कार राशी समेत हाल सम्मकै सर्वाधिक हो।
(पोखरास्पोट्स)