Sunday April 02, 2023

तमुधीं यूकेको टोलीलाई सहारा पोखरामा स्वागत : सहारा क्लवलाई ५५ हजार सहयोग 

१२ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1209


तमुधीं यूकेको टोलीलाई सहारा पोखरामा स्वागत : सहारा क्लवलाई ५५ हजार सहयोग 

शीतलपाटीन्युज डटकम।

पोखरा। सहारा क्लव पोखराले नेपाल अध्ययन भ्रमणमा गएको तमुधीं यूकेको टोलीलाई स्वागत गरेको समाचार छ। बिहीबार सहारा क्लव पोखराले दोविल्लास्थित ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ मा यूकेको टोलीलाई स्वागत गरेको हो। 

सो स्वागत कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष हरि गुरुङले सहारा क्लव पोखराले गरेका कामबाट आफूह प्रभावित भएको बताउनु भयको छ। उहाले क्लवका रचनात्मक तथा परोपकारी कार्यहरुमा आफूहरु निरन्तर जोडिदै जाने पनि बताउनु भयको छ। अध्यक्ष गुरुङले क्लवले आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिनु भयको थियो। सोही अबसरमा तमुधीं यूकेका संस्थापक सदस्य तथा सहारा यूकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लवले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताउनु भयको छ। पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक तथा खेलाडी समेत रहेकी उनले अनुशासन नै खेलाडीको गहना भएको बता उनु भयको हो। 

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमुधीं यूकेको टोलीलाई पोखरामा स्वागत गर्दै मञ्चले वर्षेनी आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्डमा तमुधीं यूकेले गरेको सहयोग प्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए। कार्यक्रममा तमुधीं यूकेका तर्फबाट एकेडेमीका लागि ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष हरि गुरुङले क्लवका अध्यक्ष हरिराम गुरुङ सुरज एवम कोषाध्यक्ष विनु रानामगरलाई हस्तान्तरण गरे थिए भने टोलीसँगै तमुधि युके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङका छोरा बेन्जेमेन गुरुङले एकेडेमीमा रहेका बालकहरुको खाजा तथा खानाका लागि २० हजार रुपैयाँ हस्तान्तरण गरका थिए। वि.स. २०६३ सालमा पोखरा १७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरीद गरी शुरु गरिएको एकेडेमीको पुर्वाधार क्लबले तयार बनाईसकेको छ। अहिले एकेडेमीमा १५ बालक रहेका छन्।

कार्यक्रममा तमुधीं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ,संस्थाका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, तमुधीं आमा समुहका अध्यक्ष सन्ध्या गुरुङ,उपाध्यक्ष कमलादेवी गुरुङ,पूर्वअध्यक्ष तथा सहारा क्लवका सल्लाहाकार मुछेत्र गुरुङ,सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ,शिक्षा तथा संस्कृतिविद एकेन्द्र गुरुङ,संस्थाका कार्यसमिति सदस्य तथा गोरखा मिडियाका निर्देशक मिलन गुरुङ लगायतको उपस्थिती रहेको थियो।  

क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा भएको कार्यक्रममा सहारा हङकङका अध्यक्ष दीपक गुरुङले स्वागत र सचिव सुनिल रानामगरले सञ्चालन गरेका थिए। यसैविच तमुधीं यूकेको टोलीले पोखरा–१७ स्थित लागु औषध दुरुपयोग पुनर्स्थापना केन्द्र नौलो घुम्तीको पनि अवलोकन गरेको थियो। 

(गोर्खा मिडियाबाट)

तस्विर : सुदर्शन रञ्जित



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?