Sunday April 02, 2023

आरके र मनोजको सहकार्यमा 'घर त गैरी गाउँ' म्युजिक भिडियो

१४ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1223


आरके र मनोजको सहकार्यमा 'घर त गैरी गाउँ' म्युजिक भिडियो

शीतलपाटीन्युज डटकम।

काठमाडौं। २ दशक देखी मौलिक गीत संगीतमा लागि पर्दै शब्द,लय,स्वर र संगीत समियोजन सहित गर्दै आउनु भएको गायक आरके गुरुङले यो पटक भने आफ्नो दर्शक स्रोताहरुको लागि केही फरक शैली गीत लिएर प्रस्तुत भएका छन। उनले बि.स  २०६१ सालमा माइली रोधिघरमा सँगै नाचौला कौर्हा मौलिक गीतबाट साँगितिक कार्य सुरु गरेको हो। अहिलेको समयमा भने केही फरक मिठास भएको लोक दोहोरी गीत घर त गैरी गाउँ  लिएर आउनु भएको छ। 

जुन गीतमा धेरै मिठो स्वर, शब्द र लयका धनी गायक मनोज के सि सँग सहकार्य गरेको छ। गायक दोयले लगभग १५ बर्ष अघी देखी सँगसङै साँगितिक कार्य गर्दै आउनुभएको छन; हेर्दैमा राम्रो बागलुङै बजार (सालैजो), बज्यो मादल मायाको गाउँमा (झ्याउरे), गल्कोटै गाउँको (सालैजो), माइली रोधिघरमा (रि-मेक), ज्ञानी माया (पञ्चेबाजा) र बस है माया (सालैजो) जस्ता मिठा मिठा मौलिक भाकाहरु दर्सक स्रोतामाझ पस्किसक्नु भएको छ। 

"घरत गैरी गाउँ"जुन गीतमा मनोज के सि र अस्मिता अधिकारी को मिठो आवाज रहेको छ,गायक द्वयले शब्द रचना पनि निक्कै मिठोमिठो घत लाग्दो छन्द मिलेको रमाइलो शब्दहरुको सन्कलन गरेको छ भने मिठासपूर्ण लय सुन्न पाईन्छ। यो गीतको सम्पूर्ण रेकर्डिङ कार्य अहिलेको आधुनिक सिस्टम रहेको १ डिबि यच डि स्टुडियोमा सम्पन्न गरिएको छ। जसमा HBN किस्मतज्युले संगीत समियोजन र मिक्सिङ गर्नु भएको छ।

यस गीतको भिडियोमा अहिलेको जल्दोबल्दो र अनुभबी  निर्देशक दीपेन्द्र तिमल्सिना ज्युले निक्कै सुन्दर कोरिओग्राफ सहित गीतको भाबपूर्ण निर्देशन गर्नु भएको छ। अभिनय तर्फ धेरै चर्चित कलाकारहरु गणेशमान घले,रमेश थापा,जुना सुन्दास र आयुस्मा कार्की ले रोचक नाच सँगै ओजन्दार अभिनय गर्नुभएको छ। करिब ९ मिनेट समयको म्युजिक भिडियोलाई शिवपुरी राष्ट्रिय निकुङ्जको ढाप ताल र प्रक्रिती रिसोर्टमा छायाङ्कन गरिएको छ जसमा निक्कै मेहनती र धेरै बेस्त छायान्कार नवराज उप्रेतीले गर्नु भएको छ भने कुसल सम्पादक बिष्णुहरी तिमल्सिनाले सुन्दर भिडियो सम्पादन गर्नु भएको छ। घरत गैरी गाउँ हेर्दा र सुन्द निक्कै रमाइलो र चाखलाग्दो बनेको छ।

(गोर्खामिडियाबाट)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?