Sunday April 02, 2023

बेलायतमा दुई दर्जन राष्ट्रिय कलाकार सहित नेपाली फिल्म महोत्सवका लागि प्रेषमीट सम्पन्न 

१६ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1440


बेलायतमा दुई दर्जन राष्ट्रिय कलाकार सहित नेपाली फिल्म महोत्सवका लागि प्रेषमीट सम्पन्न 

शीतलपाटीन्युज डटकम। 

लन्डन। बेलायतमा पहिलोपटक सप्ताहव्यापी नेपाली फिल्म महोत्सव आयोजना गर्न थर्ड आइ नेपालले मीट द प्रेष कार्यक्रम सम्पन्न गरेको छ। नेपालका दुई दर्जन राष्ट्रिय कलाकार सहित फेब्रुअरीको तेश्रो साता सम्पन हुने सो महोत्सवको भब्य तयारी भैरहेको प्रेष मीटमा जनाईएको छ।

आइतबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समूहका तर्फबाट ओजेश सिंहले लेष्टर स्क्वायरमा नेपाली चलचित्र प्रदर्शनीदेखि अल्डरसट एम्पायर हलमा फाईनल प्रदर्शन हुने बताउदै उद्घाटन १८ फेब्रुअरीमा प्रिन्स चार्ल्स थिएटरमा प्रकाश फिल्म प्रदर्शन गरिने जनाउनु भयको थियो। यसैगरी दोश्रो दिन साउथ इष्ट लन्डनको वुलवीचमा फिल्म कैदीको पत्र,तेश्रो दिन स्कटल्याण्डमा चलचित्र झिंगे दाउ,चौंथो दिन नटिङहममा चलचित्र जीवन कांडा कि फूल,२४ फेब्रुअरीमा स्पेशल स्क्रिनिङका रुपमा अल्डरसटमा प्रेम गीत ३ देखाइने सिंहले बताउनु भयको छ। २५ फेब्रुअरी सांझ अल्डरसटस्थित एम्पायर हलमा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित महोत्सव समापन गरिनेछ। सो अवसरमा बेलायतस्थित कलाकारहरुको पनि प्रस्तुति रहनेछ। सो कार्यक्रमको लागि पहिलो दिनको ओपनिङ टिकट १५ पाउण्ड र अरु बेला १० पाउण्ड शुल्क लाग्ने आयोजकको भनाइ छ।

थर्ड आइ टिमका संयोजक विकास देवकोटाले महोत्सवका लागि नेपालबाट आउने कलाकारहरूको भिषा लागि सकेको र लोकप्रिय कलाकारहरु मध्य नीर शाह,भुवन केसी,करिष्मा मानन्धर,स्वस्तिमा खड्का, आंचल शर्मा,रिमा विश्वकर्मा,विल्सन विक्रम राई, अनुपविक्रम शाही,प्रकाश खड्का,अनु शाह,कृष्टिना गुरुङ,दिनेश डिसी,मिलन चाम्स,दिपासा बिसी,यश कुमार,विक्रम जोशी,कविता मानन्धर,विन्दु परियार, सन्तोष सेन,राज कटुवाल लगायत दुई दर्जन कलाकार आउने तयार भएको बताउनु भयको छ।

नेपालका सेलिब्रेटी कलाकारहरुसंग प्रत्यक्ष साक्षात्कार र अनुभव साटासाट गर्न ‘फाइन डाइन वीथ सेलिब्रेटी’, आउटिङ र मुखपत्र समेत प्रकाशन गरिने देवकोटाले जनाए। महोत्सवले नेपाली फिल्मलाई अन्तरराष्ट्रिय जगतमा लैजान टेवा पुग्ने विश्वास पनि उहाको विश्बास छ छ।

आयोजक टिमका अर्का सदस्य निर्देशक सनम बैरागले झांकी प्रदर्शनी,२३ फेब्रुअरीमा लन्डन आउने कलाकारहरुको एयरपोर्टमा स्वागत सम्मान,स्टेज सजावट आदि जिम्मेवारी लिदै आफ्नो जिम्मा रहेको सबै काम भब्यताका साथ पुरा गर्ने बताए। नेपाली फिल्म फेस्टिभल लन्डनका अर्का आयोजक उमेश मोक्तानले नेपालमा उत्कृष्ट फिल्म बन्न थालेको र फिल्म क्षेत्रको विकास भइरहेका बेला बेलायतमा समेत नेपाली कला,संस्कृति, कलाकारहरु बीच आत्मविश्वास जगाई नेपाली चलचित्रलाई बिदेशमा प्रवर्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनु भयको थियो। बेलायत र नेपालका कलाकारहरुबीच सम्बन्ध सुधार र अनुभव आदानप्रदान पनि महोत्सवको उद्देश्य रहेको छ। आयोजकमध्ये सुबासिं गुरुङले महोत्सवमा सबैलाई सहभागी हुन निमन्त्रणा गर्दै नेपालको फिल्म उद्योगको विकास र कलाकारहरुको योगदानको कदर गर्नु महोत्सवको उद्देश्य र बेलायतलाई नेपाली फिल्ममय बनाएर नेपाल पनि फिल्म छेत्रमा अगाडी रहेको पुष्टि गराउनु हो भन्नु भयको थियो। यो बिशेष कार्यक्रममा सहभागीहरुलाई चलचित्र विकास बोर्डबाट सम्मानपत्र दिलाइने पनि उहाले जनाउनु भयको थियो।

नेपाली फिल्म फेस्टिभल लण्डन सफल बनाउन थर्ड आई युकेले आयोजना गरेको प्रेषमीटमा बिविसीका पुर्ब बरिष्ठ पत्रकार एवम समाजसेवी सुमन खरेल,कान्तिपुर संवाददाता एवम नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल,लण्डन नेपाल न्युजका सम्पादक शिव भण्डारी,लण्डन नेपाल न्युजका प्रकाश कडेल,शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी समेतको उपस्थिती रहेको र पत्रकारहरुको प्रश्नको जवाफ आयोजकहरूले दिनु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?