Sunday April 02, 2023

नयाँ कानुन र गैर आबासिय नेपालीहरुको नेपालमा रहेको सम्पती बारेमा हुने अन्तरक्रिया गैर आबासिय नेपाली संघ बेलायतको महत्वपुर्ण कार्यक्रम हुनेछ-प्रवक्ता शर्मा

१७ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 2349


नयाँ कानुन र गैर आबासिय नेपालीहरुको नेपालमा रहेको सम्पती बारेमा हुने अन्तरक्रिया गैर आबासिय नेपाली संघ बेलायतको महत्वपुर्ण कार्यक्रम हुनेछ-प्रवक्ता शर्मा

शीतलपाटीन्युज डटकम। 

हिथ्रो लन्डन। नेपालका बरिष्ठ कानुन ब्याबसायी, नेपाल बार एशोसियशनका अध्यक्ष बरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरे तथा नेपाल बार एशोसियशनका पुर्व महासचिब बरिष्ठ अधिबक्ता सुनिल कुमार पोखरेललाई गैर आवासीय नेपाली संघ युकेको तर्फबाट बेलायतको हिथ्रो एअरपोर्टमा स्वागत गरेको समाचार प्रवक्ता शसांक शर्मा मार्फत प्राप्त भयको छ। 

गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी सुरक्षाको सवालमा गैर आवासीय नेपालीहरु कानुनी तथा संबैधानिक अधिकारका सवालमा आगामी हप्ता एक भब्य कार्यक्रमको आयोजना गरीएको छ।

उक्त कार्यक्रममा बरिष्ठ कानुन ब्याबसायी घिमीरे तथा  पोखरेलको विशेष प्रस्तुती रहने छ। यो कार्यक्रमको संयोजन गर्नको लागी एनआरएनए युकेका उपाअध्यक्ष नारायण दत्त कडेललाई जिम्मेबारी दिने निर्णय गरिएको समाचार प्राप्त भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?