१९ माघ, २०७९
शशांक शर्मा,प्रवक्ता।
लण्डन। गैर आबासिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षयतामा ३१ जनवरीमा बसेको कार्यसमितीको बैठकले संघको २३-२५ कार्यकालको लागी सदस्यता प्रमाणीकरण गर्ने एक समिती गठन गरेको छ।
प्रवक्ता शशांक शर्माका अनुसार अनलाईन मार्फत बन्न सकिने सदस्यता प्रमाणीकरण समितीको संयोजकमा संघका संस्थापक सचिब चिरन्जिबी ढकाल नियुक्त भयको समाचार छ। बेलायतमा रहेका बिभिन्न जातिय कलस्टर र क्षेत्रिय भूगोललाई सन्तुलनमा राखी गठन गरिएको ११ सदस्यिय समितीमा चार सदस्यहरु पछी थप्ने गरी अन्य सदस्यहरु निम्न बमोजिम रहेका छन।
प्रमाणीकरण समिती-
संयोजक-चिरन्जिबी ढकाल
सदस्यहरु-
१-केशब भन्डारी
२-नारायण गाउले
३-प्रतिमा जोशी
४-प्रकास गौतम
५-दूत पुन मगर
६-बिक्रम भट्टराई
संघको बैठकले सदस्यता प्रमाणीकरण गर्दा कुनै बिबाद आईपरे बिबाद समाधान गर्न तिन सदस्यीय छानबिन समितीमा निम्न ब्यक्तिहरुलाई नियुक्ती गरेको छ।
छानबिन समिती-
१-हरि गुरुङ
२-दिपक भट्टराई
३-नबिन पोखरेल