Sunday April 02, 2023

मिसेस् नेपाल युनिभर्सकी सन्नी शाही बनिन मिसेस लोयल युनिभर्स २०२२

२७ माघ, २०७९ शीतलपाटीन्युज डटकम। 1251


मिसेस् नेपाल युनिभर्सकी सन्नी शाही बनिन मिसेस लोयल युनिभर्स २०२२

शीतलपाटीन्युज डटकम।

लण्डन । बुल्गेरियामा आयोजित ४५ औँ मिसेस् युनिभर्स सौन्दर्य प्रतियोगीतामा‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताकी सुन्दरी बिजेता सन्नी शाहीले,मिसेस लोयल’ युनिभर्स उपाधि जितेकी छिन्।

लण्डन फेशन हाउसको आयोजनामा बेलायतमा सम्पन्न तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि जितेर सन्नीले मिसेज युनिर्भस प्रतियोगितामा सहभागी हुने अवसर पाएकी थिइन। ।

मिसेस् नेपाल युनिभर्स वीनरले साहीले नेपालको प्रतिनिधित्व गर्दै ४ फेब्रुअरीमा बुल्गेरिया सम्पन्न ४५ औँ मिसेस युनिभर्स २०२२ मा मिसेस लोयल युनिभर्स २०२२ हात पार्न सफल भएकी हुन्।लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डगोंल श्रेष्ठ तथा फिन्ने युकेकी सचिव सन्तोषी कार्की लगायतको टोलि सनिलाई प्रोत्साहन दिन बुल्गेरिया पुगेका थिए।

बेलायतमा लण्डन फेशन हाउसले महिलाहरुमा रहेको प्रतिभा उजागर गर्न र विदेशमा पनि नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न टेवा पुर्याउने उद्धेश्यले मिसेस नेपाल युनिभर्स गर्दै आएको छ। निर्देशिका मनिषा डंगोल श्रेष्ठले मिसेस् नेपाल युनिभर्स वीनर सन्नी प्रति आभार व्यक्त गरिन्।

सन्नीले प्रतियोगिताले सामाजिक सांस्कृतिक वृत्तिविकासमा मद्दत गरेको भन्दै नेपाल र नेपाली झल्किने विभिन्न क्रियाकलाप गरी नेपालको छाप छाड्न सफल भएकोमा यस यात्रामा सहयोग र समर्थन गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई समेत धन्यवाद व्यक्त गरिन । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?