५ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम
लण्डन। बेलायतको राजधानी लण्डनमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल हुने भएको छ। नेपाली फिल्मको प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली फिल्म फेस्टिभल–२०२३ आयोजना गर्न लागिएको कुरा थर्ड आई ग्रुपका संयोजक बिकास देवकोटाले बताउनु भयको छ। थर्ड आई टिमको आयोजनामा हुन लागेको उक्त नेपाली फिल्म फेस्टिभलमा नेपालबाट करिब एक दर्जन कलाकारहरुको प्रस्तुती रहने पनि थर्ड आईका निर्देशक देवकोटाले बताउनु भयको छ।
संयोजक देबकोटाका अनुसार करिब आधा दर्जन हलमा रिलिज भईसकेका तर युटुयुबमा प्रशारण नभएका फिल्महरु बेलायतकोे बिभिन्न सहरहरुमा प्रर्दशन गरिने भएको हो। नेपालीहरुको मौलिक संस्कृती,भेषभुषा र नेपाली चलचित्र प्रवर्द्धन गर्ने उद्देश्य सहित यो कार्यक्रम आयोजन गर्न लागिएको हो। “अबबाट हामी यो कार्यकक्र बर्षिक रुपमा गर्ने योजना बनाएका छौं। हामीले यहाँ प्राय नेपाली फिल्म हेर्न पाइदैन बिस्तारै अब यहाँ नेपाली फिल्म सहज रुपमा हेर्न पाईने व्यवस्थाको सहजिकरण गर्नेछौ।
कार्यक्रममा नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लण्डन आउने मध्यमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी,नीर शाह,करिश्मा मानन्धर,दिनेश डिसी, सन्तोष सेन,स्वस्तिमा खड्का,आँचल शर्मा,पुष्प खड्का,अनुपविक्रम शाही,रीमा विश्वकर्मा लगायत रहेका छन्। भोलि १८ फेब्रुअरी २०२३ मा उद्घाटन हुने उक्त फेस्टिभल आगामी २५ फेब्रुअरीसम्म हुने र जीवन काँडाकी फूल,प्रकाश,झिंगेदाउ, प्रेमगीत–३ लगायतका फिल्म प्रर्दशनको तयारी गरिएको देवकोटाले तयारी पुरा भयको बताउनु भयको छ।