१५ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
बिल्सायर,लण्डन।धेरै नेपालीहरुको बसोबास रहेको नेपाली समाज विल्शायर स्विन्डनमा एउटा सडकको नाम “अन्नपुर्ण मार्ग“ नामाड्कंन भयको खुसीको समाचार प्राप्त भयको छ।
नेपाली समाज विल्शायर स्विन्डनको ईतिहासमा पहिलो पटक स्विन्डन स्थित नयाँ निमार्ण बस्तीमा नेपालको प्रसिद्व हिमाल अन्नपुर्णको नाममा “अन्नपुर्ण मार्ग” (Annapurna Way) को नामाकंन रहनु गौरवको कुरा हो। नेपाली समाज विल्शायर स्विन्डनका अध्यक्ष ज्ञान प्रसाद गुरुङले खुसी ब्यक्त गर्दै शीतलपाटीन्युज डटकमलाई समाचार पठाउनु भयको छ।
उक्त अन्नपुर्ण मार्ग नमाकरणको औपचारिक उद्वघाटन स्विन्डनको लागि बेलायती सांसद तथा पूर्व कानुन मन्त्री सर रोबर्ट बोक्ल्यान्ड KBE KC द्वारा गरिएको थियो।नेपाली समाज विल्शायर स्विन्डनका अध्यक्ष ज्ञान प्रसाद गुरुङको सक्रिय पहलमा नेशनवाईड बिल्डिङ सोसाईटी (Nationwide Building Society) को तत्वावधानमा निर्माण उक्त नयाँ बस्तीमा अन्नपुर्ण मार्ग रहको छ।
सो अन्नपुर्ण मार्ग सडक नामाकरण उदघाटनका क्रमा नेपाली समाज विल्शायर स्विन्डनका अध्यक्ष ज्ञान प्रसाद गुरुङ र सचिब भवानी प्रसाद गुरुङलाई बेलायती सांसद तथा पूर्व कानुन साथै वेल्स मन्त्री सर रोबर्ट बोक्ल्यान्ड KBE KC द्वारा विषेश प्रशंसा पत्र प्रदान प्रदान गरी सम्मान गरिएको थियो।
नेपाली समाज विल्शायरको तीन वर्षको कार्यकालमा अध्यक्षको नेतृत्वमा विभिन्न उपलब्घिहरु साथै नयाँ योजनाहरु अगाडि बढाई नेपाली समाजलाई मात्रै नभई पुरा स्विन्डनको अरु समुदाय तथा सरकारी निकायहरुलाई पनि सकारत्मक योगदान पुर्याएकोमा अध्यक्ष गुरुड्ग र सचिब गुरुड्गलाई सो सम्मान पत्र प्रदान गरीएको थियो।
साथै स्विन्डन बरो काउन्सिल (Swindon Borough Council) का मेयर काउन्सिलर अब्दुल अमिनद्वारा नेपाली समाज विल्शायर स्विन्डनका समाजमा उत्कृष्ट सेवा पुर्याउने सदस्यहरुलाई समेत प्रसांश पत्र प्रदान गरिएको थियो।
नेपाली समाज विल्शायर स्विन्डनका अध्यक्ष ज्ञान प्रसाद गुरुङको कार्यकाल अवधिमा सक्रिय रुपमा विशेष योगदान दिनु भएका नेपाली समाजका सदस्यहरुलाई वहाँहरुको योगदानको उच्च मुल्याकंन गर्दै प्रसंशा पत्र प्रदान गरिएको थियो।
नेपाली समाज भित्र मात्रा सिमित नरहि बाहिर रहेका संघ संस्थाहरुलाई पनि मद्दत दिनु भएका नेपाली सदस्यहरुलाई मेयर अब्दुल अमीनले धन्यबाद दिनु भएको थियो।