२३ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। कला,संस्कृतिको जर्गेना हाम्रो चाहना भन्ने नाराका साथ तमु कलाकार साँस्कृतिक मञ्च यूकेको आयोजनामा तेस्रो रोधीं साँझ युके २०२३ हुने भएको छ। ८अप्रिल २०२३ का दिन अल्डरसटको एम्पायर हलमा रोधीं साँझ हुने आयोजकले जनाएको छ । मञ्चका अध्यक्ष कुमार गुरुङले सबै महानुभावलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।
उनका अनुसार गुरुङ भाषाका गीतहरु सोरठी, घाँटु, कौडा, ठाडोभाका जस्ता मौलिक र साँस्कृतिक नृत्यहरुलाई बेलायतको व्यस्त परिवेशमा पनि केही संरक्षण र संवद्र्धन गरेर पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
मञ्चले यसअघि पहिलो र दोस्रो रोधी साँझ सफलतापूर्वक सम्पन्न गरिसकेको छ। कोरोना महामारीको कारणबाट स्थगित हुन गएको तेस्रो रोधी साँझ यसबर्ष गर्न लागेको गुरुङले जनाए।
कार्यक्रमका लागि सम्पर्क गर्न कार्यक्रम संयोजक तथा संस्थापक अध्यक्ष सूर्य गुरुङ,अध्यक्ष कुमार गुरुङ, सचिव कृष्ण गुरुङ र पदम गुरुङलाई सम्पर्क गर्न मञ्चले अनुरोध गरेको छ।
साभार-गोर्खा मिडीया।